सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बेलायती राजा चार्ल्सलाई क्यान्सर लागेको पुष्टि, औपचारिक कार्यक्रम स्थगित

बेलायती राजा चार्ल्सलाई क्यान्सर लागेको पुष्टि, औपचारिक कार्यक्रम स्थगित

साझा पोष्ट
मंगलबार, माघ २३ २०८०
  • images
    बेलायती राजा चार्ल्सलाई क्यान्सर लागेको पुष्टि, औपचारिक कार्यक्रम स्थगित
    images

    काठमाडौं । बेलायतका राजा चार्ल्सलाई  क्यान्सर पुष्टि भएको छ । क्यान्सर पुष्टि भएसँगै चार्ल्सको उपचार सुरु भएको बकिंघम प्यालेसले जनाएको छ । चार्ल्सको प्रोस्टेट उपचारका क्रममा क्यान्सर पत्ता लागेको हो ।

    images
    images

     चाल्र्सलाई कस्तो प्रकारको क्यान्सर भएको हो भन्ने चाहिँ खुलाइएको छैन । अब पचहत्तर वर्षीय राजा सार्वजनिक गतिविधिमा सहभागी हुने छैनन्। उनको उपचारको समयमा रानी कमिला एवं राजकुमार विलियमले राजकीय दायित्वहरू निर्वाह गर्ने छन्।

    images
    images

    तर बकिङ्गम दरबारले राजा 'आफ्नो उपचारप्रति पूर्ण रूपमा सकारात्मक रहेको र जतिसक्दो चाँडो सार्वजनिक जिम्मेवारीमा फर्किन इच्छुक रहेको' जनाएको छ।

    राजा चार्ल्सलाई क्यान्सर पुष्टि भएसँगै अमेरिकामा रहेका राजकुमार ह्यारीले पितासँग संवाद गरेका छन् ।उनी बेलायत फर्किने भएका छन् ।



    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार