सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बरफमा सुतिरहेको भालुको तस्बिरले जित्यो विश्व प्रतिष्ठित अवार्ड

बरफमा सुतिरहेको भालुको तस्बिरले जित्यो विश्व प्रतिष्ठित अवार्ड

साझा पोष्ट
बिहीबार , माघ २५ २०८०
  • images
    बरफमा सुतिरहेको भालुको तस्बिरले जित्यो विश्व प्रतिष्ठित अवार्ड
    images

    काठमाडौं । ब्रिटिस फोटोग्राफर निमा सरिखानीले खिचेको हिउँ (बरफ)मा सुतिरहेको ध्रुवीय भालुको तस्बिरले ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर पिपुल्स च्वाइस अवार्ड’ जितेको छ।

    images
    images

    पानीमाथि तैरिरहेको बरफमाथि सुतिरहेको भालु (पोलर बियर) को फोटोबाट उनले यो अवार्ड जितेका हुन् ।सोखका लागि फोटो खिच्ने  सिरिखानीले यो फोटो नर्वेको स्पार्भार द्वीप समूह नजिक तीन दिनको पर्खाइपछि खिच्न सफल भएको बीबीसीले जनाएको छ ।

    images
    images


    पिपल्स चोइस अवार्डका लागि विश्वभरबाट भोटिङ गरिएको थियो । सिरिखानीले खिचेको बरफमाथि सुतिरहेको भालुको फोटोले ७५ हजारभन्दा बढी भोट पाएको थियो । बहुमतको आधारमा सोही फोटोले ‘पिपल्स चोइस अवार्ड’ जित्न सफल भएको हो ।

    नेचुरल हिस्ट्री म्युजियमले हरेक वर्ष वाइल्डलाइफ फोटोग्राफर अफ दि ईयर पिपल्स च्वाइस अवार्ड फोटोग्राफी प्रतियोगिता आयोजना गर्दछ । सन् २०२३ का लागि ५० हजार भन्दा बढी फोटाहरु प्राप्त भएका थिए । तीमध्ये १०० फोटाहरु अन्तिम प्रतिस्पर्धामा राखिएका थिए ।

    सिरिखानीले आफ्नो फोटोलाई ‘आइस बेड’ ९बरफको ओछ्यान० नाम दिएको थिए । जलवायु परिवर्तनको विश्वव्यापी संकटका बीच मस्त निद्रामा रहेको भालुको फोटो आशा जगाउने खालको रहेको उनले उल्लेख गरेका छन् ।


    सारिखानीले व्यावसायिक उद्देश्यले नभई रमाइलोका लागि फोटो खिच्ने गरेको बीबीसीले जनाएको छ । यो फोटोबाट विश्वप्रतिष्ठित अवार्ड जित्दा निकै सम्मानित महसुस गरेको उनले बताएका छन् । उनले भनेका छन्, ‘जलवायु परिवर्तन हामी सामु ठूलो चुनौती हो । मलाई आशा छ कि यो फोटोले आशा जगाउने छ । हामीले जे गलत क्रियाकलाप गरेका छौं, त्यसलाई सच्याउने समय आएको छ ।’

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार