सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पाकिस्तानमा चुनाव: इमरान खानका उम्मेदवार १२० सिटमा अगाडि

पाकिस्तानमा चुनाव: इमरान खानका उम्मेदवार १२० सिटमा अगाडि

ताजा परिणामले सेनाको साथ रहेका नवाज शरिफलाई झट्का लागेको छ भने चुनाव लड्न नदिएर जेलमा थुनिएका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका स्वतन्त्र उम्मेदवार अघि छन् ।  

साझा पोष्ट
शुक्रबार, माघ २६ २०८०
  • images
    पाकिस्तानमा चुनाव:   इमरान खानका उम्मेदवार १२० सिटमा अगाडि
    images

    काठमाडौं । पाकिस्तानमा बिहीबार भएको आम निर्वाचनको मत गणना जारी छ । मतगणनामा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी पीटीआई समर्थित उम्मेदवारहरु सबैभन्दा अगाडि छन् । 
    ताजा परिणामले सेनाको साथ रहेका नवाज शरिफलाई झट्का लागेको छ भने चुनाव लड्न नदिएर जेलमा थुनिएका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका स्वतन्त्र उम्मेदवार अघि छन् ।  

    images
    images

     पाकिस्तान तेहरिक ए इन्साफ पार्टी समर्थक निर्दलीय उम्मेदवारहरूले अहिले १२० सिटमा अग्रता बनाएका छन्। नवाज शरिफ आफै पपछि परेका छन् । ताजा नतिजामा नवाज स्वयं र उनको दलसमेत पछि परेकाले लाहौरको मोडल टाउनमा पीएइल-एनले नवाज शरिफको विजयी भाषणका लागि बनाइएको स्टेज नै हटाएको छ।

    images
    images

    पार्टी हार्ने भएपछि नवाज पनि मोडल टाउनबाट अन्यत्र हिँडेका छन्। पाकिस्तानको नेसनल एसेम्बलीमा जम्मा ३३६ सिट छन्। यी नमध्ये २६५ सिटमा चुनाव भएको हो। बाँकी ७० सिट रिजर्भ हुन्। 

    जसमा ६० सिट महिलाका लागि र अन्य १० सिट गैरमुस्लिमका लागि आरक्षित गरिएको छ।यसैबीच पाकिस्तान पीपुल्स पार्टीले ३ सिट जितेको छ।  पहिलो सिट भने इमरान समर्थित निर्दलीय उम्मेदवारले जिते । 

    पाकिस्तानको चुनाव आयोगले पहिलो नतिजा सार्वजनिक गर्दा पीटीआई उम्मेदवार विजयी भएका हुन्।पीटीआईका अध्यक्ष गौहर रजाले बताएअनुसार उनको पार्टीको समर्थन पाएका निर्दलीय उम्मेदवार १५० बढी सिटमा अगाडि छन्। भिडियो जारी गर्दै गौहरले चुनाव आयोगले दिएको विवरण अनुसार नै यो अग्रता मिलेको बताएका छन् । 

    पाकिस्तानमा एकातर्फ चुनाव आयोगले एक सिटको पनि सुरूवाती रुझान बाहिर ल्याएको छैन। तर इमरान समर्थक निर्दलीय उम्मेदवार बहुमतनजिक रहेको बताइरहेका छन्।इमरान खानको पार्टी पीटीआईका अध्यक्ष गौहर अली खानले पहिलो पटक कुनै ९इमरान० देशको प्रधानमन्त्री बन्न लागेको बताए।

    तर जियो न्यूजका अनुसार इस्लामाबादमा चुनाव अधिकारीले नतिजा बताउन मानेका छैनन्। नतिजा देखाउन लगाएको स्क्रिनमा पनि नतिजा अपडेट गरिएको छैन। पत्रकारलाई निर्वाचन अधिकृतको कार्यालयमा जान पनि दिइएको छैन।

    इमरान समर्थक उम्मेदवारले जित्न थालेपछि निर्वाचन अधिकृतहरूले परिणाम दिन नमानेको पीटीआईका कार्यकर्ताको आरोप छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार