सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेदरल्यान्ड्सलाई हराउँदै नेपाल त्रिकोणात्मक टी–२० आई श्रृंखलाको फाइनलमा

नेदरल्यान्ड्सलाई हराउँदै नेपाल त्रिकोणात्मक टी–२० आई श्रृंखलाको फाइनलमा

साझा पोष्ट
शनिबार, फागुन १९ २०८०
  • images
    नेदरल्यान्ड्सलाई हराउँदै नेपाल त्रिकोणात्मक टी–२० आई श्रृंखलाको फाइनलमा
    images

    दीपेन्द्र कुँवर-

    images
    images

    काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको जित्नै पर्ने दबाब रहेको खेलमा  नेदरल्याण्डसमाथि ६ विकेटको जित निकाल्दै  नेपाल फाइनल प्रवेश गरेको छ ।  

    images
    images

     आजको जितले  रन रेटमा राम्रो सुधार भएपछि नेपाल फाइनल पुग्न सफल भयो । सिरिजमा नेदरल्यान्ड्स र नामिवियाबीचको एक खेल बाँकी छँदा २ मा जित र १ मा हारसहित नेदरल्यान्ड्स ४ अंकका साथ शीर्षस्थानमा छ । नेदरल्यान्ड्सको नेटरनरेट ०.३१० छ ।

    नेपाल ४ खेलमा २ मा जित र २  हारसहित ४ अंक लिएर नेटरनरेट ०.२९३  सहित दोस्रो स्थानमा छ । नामिविया ३ खेलमध्ये १ मा जित र २ मा हारसहित २ अंकका साथ तालिकाको पुछारमा छ । नामिवियाको नेटरनरेट माइनस ०.७०० छ ।

    आइतबार नेदरल्यान्ड्स विजयी भए सोझै फाइनलमा पुग्नेछ । नामिबिया विजयी भएमा भने नेटरनरेटमा भर पर्नेछ । दुईमध्ये नेटरनरेटमा माथि रहने टोलीले फाइनल खेल्नेछ । नेटरनरेटमा नेदरल्यान्ड्स र नामिविया मध्ये एक टोली फाईनल जानेछ ।  नेपाल पहिलो खेलमा नामिवियासँग २० र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो । तर तेस्रो खेलमा नामिवियालाई ३ रन र समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्यो । 

    कीर्तिपुर मैदानमा नेदरल्याण्डसले दिएको  १ सय २१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ शेखले ८ रन जोडे ।

    टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९. ३ अल आउट हुँदै १२० रन मात्रै बनाउन सक्यो ।  नेदरल्याण्ड्सका म्याक्स ओडाउडले सर्बाधिक ३१ रन बनाए । टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३-२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले  दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले दुई-दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।

    नेपाली बलर डच ब्याटरमाथि शुरुदेखि नै हावी देखिए । पहिलो ओभरमै करण केसीले दुई विकेट लिएपछि नेपालको खेलले लय समात्यो । जसलाई अरु बलरले पनि पछ्याएर नेपाली बलरले रन रोक्दै विकेट लिए ।   आज पेश बलरले ५ र स्पिनरले तीन विकेट लिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार