सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आईसीसीको टी–२० वरियतामा नेपाली क्रिकेटरको छलाङ, को कति नम्बरमा ?

आईसीसीको टी–२० वरियतामा नेपाली क्रिकेटरको छलाङ, को कति नम्बरमा ?

साझा पोष्ट
शुक्रबार, फागुन २५ २०८०
  • images
    आईसीसीको टी–२०  वरियतामा नेपाली क्रिकेटरको छलाङ, को कति नम्बरमा  ?
    images

     काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी-२० वरीयतामा नेपाली खेलाडीले छलाङ मारेका छन् । ब्याटिङ र अलराउन्डर दुबैतर्फ नेपाली खेलाडीले ठूलो सुधार  मात्रै होइन, छलाङ मारेका छन् ।  ब्याटिङतर्फ रोहित पौडेल एकै पटक ३६ स्थानमाथि चढ्दै ५४ औं स्थानमा छन् ।

    images
    images

    भारतका ईशान किशन रोहित भन्दापछि ५५ औं स्थानमा छन् । जिम्बावेका सिकन्दर राजा ६० औं र भारतका शुभमन गिल ६५ औं स्थानमा छन् ।नेपालका दीपेन्द्रसिंह ऐरीले ३१ स्थान सुधार गर्दै ७० औं स्थानमा छन् । ७० औं स्थानमा बंगलादेशका अफिफ हुसेन र नामिवियाका जेजे स्मिथ पनि छन् । उनीहरुको समान ४४५ अंक छ ।

    images
    images

    अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरीले एकै पटक ४८ स्थान सुधार गर्दै २७ औं स्थानमा छन् ।कुशल मल्ल २७ स्थान सुधार गर्दै ३५ औं स्थानमा छन् । श्रीलंकाका धनन्जय डि सिल्भा पनि ३५ औं स्थानमा छन् ।अलराउन्डरतर्फ गुलशन झा २२ स्थान सुधार गर्दै ७२ औं स्थानमा छन् । ७२ औं स्थानमा पपुवा न्युगिनीका सेसे बाउ, आयरल्यान्डका ब्यारी म्याकार्थी र वेस्टइन्डिजका कायल मेयर्स छन् । यी सबैको समान ४९ अंक छ ।

    अलराउन्डरतर्फ करण केसी २४ स्थान सुधार गर्दै ८१ औं स्थानमा छन् ।अलराउन्डरतर्फ रोहित पौडेलले एकै पटक ८८ स्थान सुधार गर्दै ९२ औं स्थानमा छन् । बलिङको शीर्ष १०० मा भने कुनै पनि नेपाली खेलाडी पर्न सकेनन् । 

    टी-२० आई वरीयतामा नेपाल १७५ रेटिङ प्वाइन्टका साथ १६ औं स्थानमा यथावत छ । युएई १७४ रेटिङ प्वाइन्टका साथ १७ औं स्थानमा छ । नेपाल भन्दा अघि नेदरल्यान्ड्स १८४  रेटिङ अंकका साथ १५ औं स्थानमा छ ।

    ओडीआईतर्फ नेपाल १५ औं स्थानमा यथावत छ । ओडीआईको ब्याटिङ वरीयतामा कुशल भुर्तेलले एक स्थान सुधार गर्दै ७७ औं स्थानमा छन् । आसिफ शेख ७३ औं र रोहित पौडेल ९५ औं स्थानमा यथावत छन् ।

    दीपेन्द्र ओडीआईको नयाँ बलिङ वरीयतामा एक स्थान सुधार गर्दै ६३ औं स्थानमा छन् ।सोमपाल कामी ८० औं र ललित राजवंशी ५४ औं स्थानमा यथावत छन् ।

    ओडीआई अलराउन्डरतर्फ दीपेन्द्रले एक स्थान सुधार गर्दै ४६ औं स्थानमा छन् । सोमपाल कामी ५५ औं र कुशल मल्ल ५१ औं स्थानमा यथावत छन् ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार