सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

साझा पोष्ट
मंगलबार, फागुन २९ २०८०
  • images
    कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा
    images

    काठमाडौं । कुशल भुर्तेलको अलराउण्ड उत्कृष्ट प्रदर्शनमा  पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजका फाइनलमा प्रवेश गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।

    images
    images

    जितका लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा १ सय १३ रनमा अल आउट भयो । पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । टोनी उरा १३ र सेसे बाउ २१ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    images
    images

    नेपालका कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । प्रतिश जि.सी.ले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । गुलशन झा र आकाश चन्दले एकरएक विकेट लिए ।

    त्यसअघि मोगं कोगंमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९८ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाए । टी–२० आईमा कुशल भुर्तेलको आठौं अर्धशतक हो । यस्तै सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाए।  जोराको यो दोस्रो अर्धशतक थियो ।

    नेपाललाई ओपनर विनोद र कुशल भुर्तेलले ७.३ ओभरमा ६४ रन बनाउँदै राम्रो शुरुवात दिलाएका थिए  ।  विनोद भण्डारीले २२ बलमा  २७ बनाए । उनले १ छक्का र २ चौका हाने ।   विवेक यादव ४ बलमा ३ छक्कासहित १९ र  गुलशन झा १२ बलमा १ छक्कासहित १५ रनमा नट आउट रहे । लोकेश बमले ६ बलमा २ छक्कासहित १४ रनब नाए । यस्तै रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए ।

    पपुवा न्युगिनीका असाद भालाले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले १–१ विकेट लिए । नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार