सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पपुवा न्युगिनीले नेपाललाई दियो १ सय ७२ रनको लक्ष्य

पपुवा न्युगिनीले नेपाललाई दियो १ सय ७२ रनको लक्ष्य

साझा पोष्ट
बुधबार, फागुन ३० २०८०
  • images
    पपुवा न्युगिनीले नेपाललाई दियो १ सय ७२ रनको लक्ष्य
    images

    काठमाडौं । हङकङमा चलिरहेको त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १ सय ७२ रनको लक्ष्य दिएको छ । 

    images
    images

    टस हारेर पहिलो ब्याटिङ  गरेको पीएनजीले आठ विकेट गुमाएर १ सय ७१  रन बनायो । खराब शुरुवात गरेपनि उसले पछि राम्रो स्कोर खडा गर्यो । एक समय ४३ रनमा ४ विकेट गुमाएर संकटमा परेको पीएनजीका लागि टोनी उराले सम्हालिएर खेल्दै टिमको स्कोर अघि बढाए । टोनी उराले सर्वाधिक ६१ रन बनाए ।

    images
    images

    ओपनर उरा छैटौं विकेटका रुपमा आउट भए । नवौं क्रमका ब्याटर एली नावोले आक्रामक खेल्दै १० बलमा ३ छक्का र एक चौका हान्दै नटआउट रन बनाए । हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रन बनाए ।नेपालले १३ अतिरिक्त रन दियो । नेपालका लागि कुशल भूर्तेल र आकाश चन्दले समान ३ विकेट लिए । यस्तै करण केसी र गुल्सन झाले समान १ विकेट लिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार