सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पुलिसलाई हराउँदै बुटवलको एभरेष्ट बन्यो एनभीए भलिबल च्याम्पियन

पुलिसलाई हराउँदै बुटवलको एभरेष्ट बन्यो एनभीए भलिबल च्याम्पियन

साझा पोष्ट
शनिबार, चैत १० २०८०
  • images
    पुलिसलाई हराउँदै बुटवलको एभरेष्ट बन्यो एनभीए भलिबल च्याम्पियन
    images

    काठमाडौं । विभागिय टोली नेपाल पुलिस क्लबलाई हराउँदै बुटवलको एभरेस्ट भलिबल क्लबले  आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ।

    images
    images

    शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)  को कबर्डमा सम्पन्न फाइनल खेलमा एभरेस्टले पुलिसलाई पराजित गरेको हो।पहिलोपटक च्याम्पियन बन्ने क्रममा एभरेस्टले दुईपल्टको च्याम्पियन तथा साविक विजेता नेपाल पुलिस क्लबलाई ३–१ को सोझो सेटमा हरायो। 

    images
    images

    पहिलो सेट २५-१९ ले गुमाएको एभरेस्ट भलिबल क्लबले सानदार पुनरागम गर्दै खेलमा ३-१ ले जित्यो।दोस्रो सेटमा एभरेस्टले २२-२५ ले आफ्नो पक्षमा पारेको थियो। त्योसँग एभरेस्टले १-१ को बराबरी अवस्थामा ल्यायो।तेस्रो सेटमा एभरेस्टले १८-२५ ले जित्दै खेलमा २-१ को अग्रता बनायो।चौथो सेट एभरेस्ट १९-२५ ले जित्यो। 

    यो सँगै एभरेस्टले पहिलोपटक उपाधि जितेको छ। पराजित पुलिस भने उपविजेतामा सिमित बनेको छ।आठौं संस्करणसम्म आइपुग्दा एभरेस्ट पहिलोपल्ट च्याम्पियन बन्न सफल भएको हो। कुनै पनि राष्ट्रिय प्रतियोगितामा एभरेस्टको यो पहिलो उपाधि हो ।यसअघि आफ्नै खेलाडीमा खेल्दै आएको एभरेस्टले यसपल्ट च्याम्पियन बन्ने लक्ष्यसहित कप्तान अरुणा र भारतीय राष्ट्रिय टोलीका तीन खेलाडीलाई टोलीमा समेट्दा उपाधि जित्न सफल भएको हो।

    यससँगै एभरेस्टले समूह चरणमा भोगेको हारको बदलासमेत लिन सफल भएको छ। समूह चरणमा पुलिसले ३–२ को सेटमा जित निकालेको थियो।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार