सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

इलाम - २ मा सुवास नेम्वाङका छोरा सुहाङलाई दियो एमालेले टिकट

इलाम - २ मा सुवास नेम्वाङका छोरा सुहाङलाई दियो एमालेले टिकट

साझा पोष्ट
आइतबार, चैत ११ २०८०
  • images
    इलाम - २ मा सुवास नेम्वाङका छोरा सुहाङलाई दियो एमालेले टिकट
    images

    काठमाडौं ।नेकपा एमालेले १५ वैशाखमा इलाम-२ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    images
    images

    आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    images
    images

    २०७९ मंसिरको निर्वाचनमा विजयी एमाले उपाध्यक्ष सुवास नेम्वाङको गत भदौ २५ गते राति हृदयाघातबाट निधन भएपछि उक्त क्षेत्र रिक्त थियो।सुवास नेम्वाङको निधनपछि रिक्त क्षेत्रमा एमालेले उनका कान्छा पुत्र सुहाङलाई उठाउने निर्णय गरेको हो।सुहाङ पेशाले कानुन व्यवसायी हुन्। उनी फुटबल क्लब पनि चलाउँछन्। सुहाङ इलाममा सामाजिक काममा पनि सक्रिय छन्।

    सुहाङसहित अन्य ६ जनालाई जिल्ला र प्रदेशबाट पार्टी कमिटीले सिफारिस गरेको थियो।एमालेले इलाममा  स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फेलाई उपनिर्वाचनका लागि खटाएको छ।
    बैठकले बझाङ प्रदेश-१ को उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ । दुवै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा सिंगो पार्टी पंक्तिलाई जुट्न र अन्य दलहरुको पनि सहयोगका लागि बैठकले अपिल गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार