सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एमालेले भन्यो : प्रमाण सहित उजुरी परे गृहमन्त्रीले राजीनामा दिनुपर्छ

एमालेले भन्यो : प्रमाण सहित उजुरी परे गृहमन्त्रीले राजीनामा दिनुपर्छ

साझा पोष्ट
आइतबार, चैत ११ २०८०
  • images
    एमालेले भन्यो : प्रमाण सहित उजुरी परे गृहमन्त्रीले राजीनामा दिनुपर्छ
    images

    काठमाडौं । नेकपा एमालेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध प्रमाण सहित उजुरी दर्ता भए राजीनामा दिनुपर्ने बताएको छ । 
    आइतबार बसेको सचिवालय बैठकका निर्णयहरु सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘भोलि कुनै औपचारिक निकायमा प्रमाण सहित उजुरी दर्ता भयो भने छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्छ ।’

    images
    images

    तर अहिले नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रहका साथ राजीनामा मागेको एमालेको दाबी छ । 

    images
    images

    अहिलेसम्म गृहमन्त्री लामिछाने विरुद्ध त्यो स्तरको उजुरी वा मुद्दा दायर नभएको र कुनै नियामक निकायले उनलाई बयानका लागि नबोलाएको उनले बताए । सहकारीमा जम्मा गरेको रकम ठगी भएर धेरै सर्वसाधारण पीडित भएको भन्दै उपमहासचिव ज्ञवालीले यसको छानबिन हुने बताए ।

    भर्खरै भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पीडितहरुसँग सम्झौता पनि गरेको भन्दै उनले भने, ‘मन्त्रालय र सरकारले आफ्नो ढंगले गर्दैछ । यसक्रममा जो कोही दोषी देखियो भने एमालेले ढाकछोप गर्दैन ।’

    तर अहिले कांग्रेसले द्वैध भूमिका देखाएको उनको आरोप छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदल्ने निर्णय गरेपछि कांग्रेसले  लामिछानेलाई प्रधानमन्त्री अफर गरेको भन्दै उनले भने, प्रधानमन्त्रीका लागि आफूले प्रस्तावित गरेको मान्छे गृहमन्त्रीका निम्ति अयोग्य हुन्छ भन्ने तर्क राजनीतिक प्रतिशोधबाहेक अरु हुन सक्दैन ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार