सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सुन तस्करी छानबिन सम्बन्धि प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

सुन तस्करी छानबिन सम्बन्धि प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

सहकारीको छानबिन नसकिंदासम्म गृहमन्त्रीले पद छोड्नु पर्ने अडान

साझा पोष्ट
बुधबार, चैत १४ २०८०
  • images
    सुन तस्करी छानबिन सम्बन्धि प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग
    images

    काठमाडौं ।नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सुन तस्करी प्रकरण सम्बन्धि छानविन समितिको रिपोर्ट सार्वजनिक गर्न माग गरेका छन ।  बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै बडुले यस्तो माग गरेका हुन । ‘नयाँ सरकार बनेपछि सुन तस्करी सम्बन्धि एउटा तदारुकता देखिएको छ। तर, अनुसन्धनको रिपोर्टमा के थियो सार्वजनिक भएको छैन,’ बडुले भने, ‘त्यो रिपोर्ट सार्वजनिक भए एउटा अवस्था तय हुने थियो।’ उनले आफ्ना सांसद बिनोद चौधरीमाथि छानविन भएको विषयमा पनि प्रश्न गरे।   ‘कानुनी राज्यमा कसैमाथि पनि छानबिन नहुने भन्ने हुँदैन। तर संघीय सांसदमाथि छानबिन हुँदैछ भन्ने चिट्ठी सभामुखलाई दिइएको भन्ने आयो। यो कुन नियम र कानुनबाट गराइयो?’ उनले प्रश्न गरे, ‘यदि पक्राउ गरेको जानकारी आयो भने जानकारी गराउनुपर्छ भन्ने व्यवस्था थियो। संविधानमा व्यवस्था नभएको कुरा अनुसार कसैमाथि छानबिन हुँदैछ भनेर किन जानकारी गराइएको हो? के मिनिङ हो यसको? हामी बुझिरहेका छैनौँ। किन यो चिट्ठी लेख्ने काम भयो?’ उनले सहकारी मुद्दामा फरार व्यक्तिहरुकहाँ छन् सरकारले सार्वजनिक गर्नुपर्ने बताए।  ‘यसमा स्पष्ट गर्न मिल्नेजती गरिदिनुस्। जनताले राखेको पुँजि अपचलन भएको छ। छापामा आएअनुसार, केही सहकारीको रकम अन्य प्रयोजनका लागि ग्यालेक्सी टिभीमा १० करोड आउन हुन्थ्यो कि हुदैनथ्यो? रवी लामिछानेको नाममा पनि त्यो रकम आएको भन्ने छ। हाम्रा गृहमन्त्रीसँग नाममात्र मिलेको हो कि के हो?’ प्रश्न गर्दै उनले भने, ‘हाम्रो अहिलेको माननीय गृहमन्त्री ज्यु पनि त्यै नामको हुनुहुन्छ। यदि त्याे नाम गरेकाे उहाँ नै हाे भने उहाँले छानबिन नसकिनेबेलासम्म जिम्मेवारी बाट बाहिर गए हुन्थ्यो भन्ने हाम्रो कुरा हो। अहिलेको आवश्यकता नै त्यति हो।’ 

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार