शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

त्रिशुली नदीमा ट्याक्सी खस्दा ज्यान गुमाउने सबै ५ जनाको परिचय खुल्यो

त्रिशुली नदीमा ट्याक्सी खस्दा ज्यान गुमाउने सबै ५ जनाको परिचय खुल्यो

साझा पोष्ट
शनिबार, चैत १७ २०८०
  • images
    त्रिशुली नदीमा ट्याक्सी खस्दा ज्यान गुमाउने सबै ५ जनाको परिचय खुल्यो
    images

    काठमाडौं । त्रिशुली नदीमा  ट्याक्सी खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ। ज्यान गुमाउने सबै गोरखाका छन ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जानकारी दिए। 

    images
    images

    ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन्। सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन्।  

    काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको थियो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार