सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

संवैधानिक परिषद् बैठक अघि प्रचण्ड, देउवा र ओलीबीच छलफल

संवैधानिक परिषद् बैठक अघि प्रचण्ड, देउवा र ओलीबीच छलफल

साझा पोष्ट
शनिबार, चैत १७ २०८०
  • images
    संवैधानिक परिषद् बैठक अघि प्रचण्ड, देउवा र ओलीबीच छलफल
    images

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

    images
    images

    प्रधानमन्त्रीको निवास बालुवाटारमा शनिबार साँझ भएको भेटमा संसद्‌, संक्रमणकालीन न्याय र संवैधानिक परिषद्को बैठकका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नतालाई लिएर संसद्‌ अवरुद्ध गर्दै आएको छ । उसले संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ । प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजे बस्दैछ ।

    images
    images

    संवैधानिक परिषद बैठक पनि प्रधानमन्त्रीले आईतवार विहान बोलाएका छन् ।  संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधिन छ । यिनै विषयमा प्रधानमन्त्रीले  प्रमुख प्रतिपक्षी दलका नेता र एमाले अध्यक्ष ओलीसित छलफल गरेका हुन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार