सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

शेखर कोइरालाको दाबी : केही महिना भित्रै नयाँ सत्तागठबन्धन बन्छ

शेखर कोइरालाको दाबी : केही महिना भित्रै नयाँ सत्तागठबन्धन बन्छ

साझा पोष्ट
शनिबार, चैत १७ २०८०
  • images
    शेखर कोइरालाको दाबी : केही महिना भित्रै नयाँ सत्तागठबन्धन बन्छ
    images

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका नेता डा. शेखर कोइरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गरेका छन्।शनिबार काठमाडौंमा विपी स्मृति सामुदायिक अस्पतालको १६ औं वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने दाबी गरेका हुन् । 

    images
    images

    उनका अनुसार  गठबन्धनको टुटफुटको शृंखला केन्द्रबाट नभई प्रदेशबाट सुरू हुनेछ ।   उनले भने, ‘भोलि यही बागमती प्रदेशबाट शुरु हुन्छ।सातै वटै प्रदेशमा हुन्छ।केही दिन वा केही महिनापछि फेरि अर्को गठबन्धन बन्छ।’ 

    images
    images

    कोइरालाले प्रमुख प्रतिपक्षी दल भएका कारण नेपाली कांग्रेसले सत्तामा जाने ‍प्रयास गरिराख्ने बताए।‘हामी विपक्षमा छौं।हामी कोशिस गरिराखेका हुन्छौ, सत्तामा जानका लागि।त्यो स्वभाविक हो,’ उनले भने।

    उनले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी टिआरसी विधेयकमा एमाले सकारात्मक नभएकाले त्यसलाई पारित गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस नेतृत्वको गठबन्धन फुटाएर एमालेसँग गठबन्धन गरेको बताए।तर कांग्रेस अदालतको आदेश,  ह्युमन राईट्स लगायतका अन्तर्राष्ट्रिय संघ, संस्थारूले भनेका क्राइटेरिया भन्दा बाहिर गएर सहमत नहुने उनले बताए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार