सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गृहमन्त्रीबारे प्रहरी प्रमुखको जवाफले संशय पैदा गर्‍यो, संसदीय छानबिनमा अडिग छौं  : कांग्रेस

गृहमन्त्रीबारे प्रहरी प्रमुखको जवाफले संशय पैदा गर्‍यो, संसदीय छानबिनमा अडिग छौं  : कांग्रेस

साझा पोष्ट
आइतबार, चैत १८ २०८०
  • images
    गृहमन्त्रीबारे प्रहरी प्रमुखको जवाफले संशय पैदा गर्‍यो, संसदीय छानबिनमा अडिग छौं  : कांग्रेस
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाका सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सम्बन्धमा  प्रधानमन्त्री र प्रहरी प्रमुखले दिएको जवाफले संशय पैदा गरेको बताएको छ ।

    images
    images

    आइतबार प्रतिनिधि सभाको बैठकमा समय लिएर पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद संजयकुमार गौतमले प्रश्न उठाएका हुन् । ‘प्रधानमन्त्रीको जवाफ, प्रहरी प्रमुखको जवाफ र विकसित घटना क्रमले एउटा संशय पैदा भएको छ,’ कांग्रेस सांसद गौतमले भने ।

    images
    images

    यही चैत १४ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रहरी महानिरीक्षक वसन्त कुँवरले पोखरास्थित सूर्यदर्शन सहकारीको ठगीमा लामिछाने निर्दोष रहेको बताएका थिए ।  उनले भनेका थिए, ‘रवि लामिछानेको नाम आएको छ, तर यसमा उहाँको कुनै संलग्नता देखिएको छैन ।’

    प्रहरी महानिरीक्षक कुँवरले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेलाई निर्दोष भनेको स्मरण गर्दै कांग्रेस सांसद गौतमले यस्तो बताएका हुन् । सुरुमा कांग्रेसले गृहमन्त्रीको नियुक्तिका सन्दर्भमा प्रधानमन्त्रीको जवाफ मागेको थियो । चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको रकम हिनामिनाका विषयमा गृहमन्त्री लामिछाने कतै संलग्न नरहेको प्रहरी ब्रिफिङ रहेको बताएका थिए ।

    कांग्रेसले गत फागुन २४ गतेदेखि गृहमन्त्री लामिछानेका सन्दर्भमा संसदमा प्रश्न उठाउँदै आएको छ । त्यसयता बसेका हरेक बैठकको सुरुमै कांग्रेसले गृहमन्त्रीका सन्दर्भमा प्रश्न उठाउने गरेको छ । प्रधानमन्त्री र प्रहरी प्रमुखको जवाफमा कांग्रेसले झन आशंका गरेको छ । प्रधानमन्त्रीको जवाफ चित्त नबुझेपछि कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ । यो मागमा अडिग रहेको कांग्रेस सांसद गौतमले बताएका छन् ।

    कतिपयले गृहमन्त्रीमाथि राजनीतिक पूर्वाग्रहका आधारमा कांग्रेसले प्रश्न उठाएको भनेको स्मरण गर्दै सांसद गौतमले भने, ‘राजनीतिक पूर्वाग्रहको रुपमा यो उठेको होइन ।’ आफूहरुले सुरुमा प्रधानमन्त्रीको जवाफ खोजेको तर, प्रधानमन्त्रीले क्लिन चिट दिन खोजेपछि संशय पैदा भएको उनले बताए ।

    लामिछानेको गृहमन्त्रालयमा स्वार्थ बाझिने पनि उनले बताए । यो विषय नैतिक विषय भएको बताए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार