सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सत्ता गठबन्धनभित्र  भागबण्डाका लागि बार्गेनिङ गर्दै माधव नेपाल

सत्ता गठबन्धनभित्र  भागबण्डाका लागि बार्गेनिङ गर्दै माधव नेपाल

साझा पोष्ट
आइतबार, चैत १८ २०८०
  • images
    सत्ता गठबन्धनभित्र  भागबण्डाका लागि बार्गेनिङ गर्दै माधव नेपाल
    images

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनभित्र बार्गेनिङ गर्दै भागबण्डाका लागि अडान राखेका छन् । 
    नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीलाई सत्ता प्राप्तिको  भर्‍याङ मात्र बनाउन खोजेको भन्दै नेपालले आईतवार बसेको गठबन्धनको बैठकमा अडानसहित भागबण्डा खोजेपछि बिना निष्कर्ष सकिको छ । 

    images
    images

     नेपालले सात प्रदेशमध्ये एकमा नेतृत्व दिनुपर्ने, सबै राजनीतिक नियुक्तिमा सम्मानजनक भागबण्डा हुनुपर्ने र आफूलाई बाइपास गरेर यसअघि गरेका निर्णयप्रति आत्मालोचना गर्नुपर्ने अडान राखेको स्रोतले जनाएको छ । आपफ्ना शर्त पुरा नभए प्रदेश सरकारलाई विश्वासको मत नदिने नेपालले बताएका छन् । 

    images
    images


    बैठकमा बागमतीमा विश्वासको मत दिन प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीले नेपालाई आग्रह गरेका थिए । तर, बैठकमा कडा रूपमा प्रस्तुत भएका नेपालले बागमतीसहित सबै ठाउँमा एकीकृत समाजवादीको पोजिसन क्लियर हुनुपर्ने अडान राखेको बैठकमा सहभागी एक नेताले बताए । त्यसपछि प्रदेश भागबन्डामा कुनै सहमति नभएको बताएको छ ।

    शीर्ष बैठक बिनानिष्कर्ष टुङ्गिएपछि सोमबार विश्वासको मत लिने तयारी गरेका बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अप्ठ्यारोमा परेका छन् । सोमबारसम्म एकीकृत समाजवादीसँग सहमति नभएमा बागमतीसहित अन्य प्रदेश सरकार पनि प्रभावित हुने देखिन्छ । 

    यसैबीच  एकीकृत समाजवादीको प्रदेश संसदीय दलको बैठकले पनि यथास्थितिमा मुख्यमन्त्री जम्मकेट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार