सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

रेशम चौधरीले हत्या गर्ने धम्की दिएको नाउपाका केन्द्रीय सदस्यको आरोप

रेशम चौधरीले हत्या गर्ने धम्की दिएको नाउपाका केन्द्रीय सदस्यको आरोप

साझा पोष्ट
सोमबार, चैत १९ २०८०
  • images
    रेशम चौधरीले हत्या गर्ने धम्की दिएको नाउपाका केन्द्रीय सदस्यको आरोप
    images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूहरुमाथि पार्टीका संरक्षक रेशम चौधरीले ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् । 

    images
    images

    सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशम चौधरीले धम्की दिएको गम्भीर आरोप लगाएका हुन् । ‘यदि सुदूरपश्चिममा कमल बहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जनाको हत्या पनि हुनसक्छ भनेको हुनाले आज ममाथि भौतिक आक्रम भएकाले मैले यसलाई सामान्य लिएको छैन ।’ उनले भने । 

    images
    images

    उनले पार्टीका नेताहरुको केही घटनामा परेर मृत्यु हुने, कुनै दुर्घटनामा पर्ने वा कसैले हत्या गर्यो भने सबै दोष नेता चौधरीकै हुने बताए।

    आफूलाई केन्द्रीय कार्यालयको सबै ढोकाहरु थुनेर आज कुटपिट गरिएको उनले बताए । कुटपिटमा संलग्न सबै मानिसहरु नयाँ रहेको उनले बताए । उनीहरु कसरी र कहाँबाट आए आफूलाई कुनै जानकारी नभएको उनले बताए । रेशमले आफूसहित टीकापुर नगरपालिकाका मेयर रामलाल डरौरा थारु, टीकापुर नगरपालिका– ४ का वडाअध्यक्ष लालवीर चौधरी र टीकापुर– ५ का वडाअध्यक्ष बलवीर चौधरीको हत्या हुनसक्छ भनेको भोलिपल्टै पार्टी केन्द्रीय कार्यालयमा आफूमाथि भएको आक्रमणलाई सामान्य रुपमा नलिएको उनले बताए ।

    आज आफूमाथि भौतिक आक्रमण भएको सुनाउँदै उनले भने, ‘नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष माननीय रञ्जिता श्रेष्ठले आज विहान ८ बजे मिडिङ बोलाउनु भएको थियो । हामी मिटिङमा सहभागी हुन अनामनगरस्थित पार्टी कार्यालयमा पुग्यो । ।महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भनेपछि २१ जनालाई नै यो पार्टी चलाउने आधिकारिकता दिएको छ । यो पार्टीलाई निकास दिनुपर्छ भनेर संस्थापक केन्द्रीय सदस्यको बैठक थियो । माननीय अध्यक्ष आउन ढिला भयो । उहाँ आउनुभन्दा पहिले नै केही अनौपचारिक छलफल हुने क्रममा ढोकामा चुक्कुल लगाएर बाहिरिने मेन गेट पनि बन्द गरेर ममाथि भौतिक आक्रमण भयो ।’

    तर, रेशमले भने ‘मेरो निर्णय मान्दैनौं भने पार्टीमा बस्न पाइँदैन’ भनेको उनले बताए । आफू थारुमाथि भएको अन्यायको विरोधमा लागेको उनले बताए । सरकार टिकाउनकै लागि आफूहरुलाई हत्याको धम्की सह्य नहुने उनको भनाइ छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार