सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सत्ता गठबन्धनमा नयाँ सहमतिः बागमती र सुदूरपश्चिममा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने

सत्ता गठबन्धनमा नयाँ सहमतिः बागमती र सुदूरपश्चिममा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने

साझा पोष्ट
सोमबार, चैत १९ २०८०
  • images
    सत्ता गठबन्धनमा नयाँ सहमतिः बागमती र सुदूरपश्चिममा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने
    images

    काठमाडौं । सत्ता गठबन्धनमा  सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आलोपालोमा (एकीकृत समाजवादी)लाई दिने सहमति भएको छ । सरकारको नेतृत्व नपाए विश्वासको मत नदिने अध्यक्ष माधवकुमार नेपालको अडानले संकटमा परेपछि गठबन्धनमा नयाँ सहमति भएको हो । 
    प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकले एकीकृत समाजवादीलाई सुदूरपश्चिम र वाग्मतीको नेतृत्व दिने सहमति भएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । सुदूरपश्चिममा तत्काल र वाग्मतीमा दोस्रो चरणमा एकीकृत समाजवादीले सरकारको नेतृत्व पाउनेछ ।

    images
    images

    योसँगै एकीकृत समाजवादीले प्रदेश सरकारमा विश्वासको मत दिनेछ । सत्तागठबन्धनको आईतवारको बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने, सम्मानजनक रुपले राजनीतिक नियुक्तिमा भागबण्डा दिनुपर्ने र एमाले र माओवादीले पहिले पार्टीलाई बाइपास गरेकोमा आत्मालोचना गर्नुपर्ने अन्यथा सँगै जान नसकिने अडान राखेका थिए । त्यो अडान अनुसार गठबन्धनमा नयाँ सहमति भएको छ । 

    images
    images

    २ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको १८, माओवादी, ११, एमाले १०, नागरिक उन्मुक्ति ७, एकीकृत समाजवादी ४ र राप्रपा र स्वतन्त्र १, १ सांसद छन् । सूदुरपश्चिममा नागरिक उन्मुक्तिलाई पनि सरकारमा ल्याउने प्रयास भैरहेको छ । गठबन्धन दलका २५ र एक स्वतन्त्रलाई सरकारमा सहभागी गराई बहुमत पुर्‍याउने कसरत भएको छ । हाल कांग्रेसका कलमबहादुर शाहले सुदूरपश्चिम सरकारको नेतृत्व गरेका छन् ।

    त्यस्तै वाग्मतीमा माओवादीका मुख्यमन्त्री शालिकराम जमकट्टेलले सोमबार विश्वासको मत लिँदैछन् । एकीकृत समाजवादीलाई मुख्यमन्त्री र हाम्रो नेपाली पार्टी (हानेपा)लाई मन्त्री दिएर बहुमत पुर्‍याउने कसरत छ । हानेपाबाट शैलेन्द्र बज्राचार्य मन्त्री बनिसकेका छन् ।

    ११० सदस्यीय वाग्मती प्रदेशसभामा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ  । सरकार टिकाउन १ मत आवश्यक छ । जसका कारण हानेपाको समर्थन सरकारलाई आवश्यक परेको हो । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् । राप्रपा र नेमकिपाले सरकारमा सहभागी नजाने प्रस्ट पारिसकेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार