सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अन्तिम टी-२० मा आयरल्याण्ड 'ए' माथि नेपाल 'ए'को रोमाञ्चक जित

अन्तिम टी-२० मा आयरल्याण्ड 'ए' माथि नेपाल 'ए'को रोमाञ्चक जित

साझा पोष्ट
सोमबार, चैत १९ २०८०
  • images
    अन्तिम टी-२० मा आयरल्याण्ड 'ए' माथि नेपाल 'ए'को रोमाञ्चक जित
    images

    काठमाडौं ।  तेस्रो तथा अन्तिम टी–२० खेलमा  नेपाल ‘ए’ ले भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ माथि तीन रनको रोमाञ्चक जित निकालेको छ । निकै संघर्षपूर्ण र रोमाञ्चक खेलमा नेपाल विजयी भयो । तीन खेलको श्रृखंलाका अघिल्ला २ खेल पाहुना टोलीले जितेर श्रृंखला कब्जा गरेको थियो । 

    images
    images

    कीर्तिपुरमा २ सय १४ रनको लक्ष् पछ्याएका आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन मात्रै बनाउन सक्यो । आइरिस टोलीलाई अन्तिम ओभरमा जितका लागि २० रन चाहिएको थियो । तर राशिद खानले १६ रन मात्रै दिएर एक विकेट पनि लिए ।

    images
    images

    पाहुना टोलीका लागि गारेथ डेलानीले ३७ बलमा ६८ र मोर्गन टोपिंगले ३७ बलमा ६० रन बनाएपनि हार टरेन् । यस्तै रोश एडरले ३१ र फियोन ह्याण्डले २२ रन बनाए । नेपालका लागि विपिन खत्रीले ३ तथा नारायण जोशी, राशिद खान र कमलसिंह ऐरीले समान १ विकेट लिए ।  यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो । 

    आरिफ शेखको उत्कृष्ट प्रदर्शनमा नेपाल ए ले बलिया लक्ष्य दिएको थियो । आरिफ शेखले नटआउट ९३ रनको योगदान गरे । उनले ६ छक्का र ७ चौका हाने ।  

    यस्तै रासिद खानले १३ बलमा २४ र कमलसिंह ऐरीले ७ बलमा १९ रन जोडे । बसिर अहमदले १९ , पवन सर्राफले १३ र कप्तान विनोद भण्डारी ११ रन बनाउँदै आउट भए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार