सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

चार दलले यसरी बाँडे सात प्रदेशमा मुख्यमन्त्री

चार दलले यसरी बाँडे सात प्रदेशमा मुख्यमन्त्री

साझा पोष्ट
सोमबार, चैत १९ २०८०
  • images
    चार दलले यसरी बाँडे सात प्रदेशमा मुख्यमन्त्री
    images

    दीपेन्द्र कुँवर-

    images
    images

    काठमाडौं । सत्ता गठबन्धनका चार दलबीच सात प्रदेश सरकारको नेतृत्वका विषयमा सहमति भएको छ । पहिले उपेक्षा गरिएको नेकपा एकीकृत समाजवादीलाई समेत आलोपालोमा दुई प्रदेशमा मुख्यमन्त्री दिने गरी सत्ता गठबन्धनका चार दलबीच नयाँ सहमति भएको हो । 

    images
    images

     प्रधानमन्त्री एवम्  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा समझदारी भएको छ। 

    सहमति अनुसार बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादी,, गण्डकी, कर्णाली र कोसीको नेतृत्व एमालेलाई दिने सहमति भएको छ। मधेस प्रदेशको मुख्यमन्त्रीचाहिँ जसपालाई दिने सहमति भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। 
    यसैगरी सुदूरपश्चिम प्रदेशको नेतृत्व नागरिक उन्मुक्ति र एकीकृत समाजवादीलाई आलोपालोमा दिने सहमति भएको छ। 

    चार दलबीच भएको सहमतिबमोजिम प्रदेश सरकारमध्ये बागमती प्रदेशमा माओवादीकै शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् । उनले आजै  प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बागमतीमा बाँकी कार्यकाल माओवादी केन्द्र र एकीकृत समाजवादीले आधा आधा समय मुख्यमन्त्री चलाउने सहमति भएको छ।   पहिले विश्वासको मत नदिने अडानमा रहेको एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने भएपछि विश्वासको मत दिएर शालिकराम जमकट्टेलको सरकार जोगाएको छ । 

    त्यस्तै अहिले नेपाली कांग्रेस नेतृत्वको सरकार रहेको लुम्बिनीमा माओवादीले सरकारको नेतृत्व गर्नेछ । चार दलबीच सहमतिअनुसार अब त्यहाँ माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गरिनेछ।  त्यहाँ आफ्ना विश्वास पात्र जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने प्रचण्डको तयारी छ । 

    यसैगरी कर्णालीमा नेकपा एमालेले सरकारको नेतृत्व गर्नेछ । पार्टी भित्र उपमहासचिव जनार्दन शर्मा लगायतका नेताको असन्तुष्टिकाबीच प्रचण्डले कर्णाली सरकार एमालेलाई दिएका छन् । त्यहाँ अहिले माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री छन्। ्र, त्यहाँ उनले पुरानो गठबन्धन टुटेर नयाँ बनेपछि फेरि विश्वासको मत लिने तयारी गरेका थिए । तर प्रचण्डले विश्वासको मत लिने कदम रोक्न निर्देशन दिईसकेका छन् । कर्णालीमा एमालेले यामलाल कंडेललाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ । 
     कोशी र  गण्डकीमा सहमति अनुसार एमालेको सरकार बनाउन चार दलले त्यसै अनुसार कदम चाल्नेछन् । 
    मधेशमा अहिले पनि जसपाकै सरकार छ । 

    सत्ता गठबन्धनमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने कुनै प्रदेश सभामा प्रतिनिधित्व नगर्ने भएकाले यो रेशमा थिएन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार