सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मुम्बईले राजस्थानलाई दियो मात्र १२५ रनको लक्ष्य

मुम्बईले राजस्थानलाई दियो मात्र १२५ रनको लक्ष्य

साझा पोष्ट
सोमबार, चैत १९ २०८०
  • images
    मुम्बईले राजस्थानलाई दियो मात्र १२५ रनको लक्ष्य
    images

    काठमाडौं ।आईपीएलका शुरुवाती  दुई खेल हारेको मुम्बई इन्डियन्सले तेस्रो खेलमा राजस्थान रोयल्सलाई १२६ रनको समान्य लक्ष्य दिएको छ। 

    images
    images

    घरेलु मैदान वानखेडे क्रिकेट स्टेडियम टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन बनायो । 

    images
    images

    मुम्बईका लागि कप्तान हार्दिक पान्ड्याले २१ बलमा ६ चौकाको सहयोगमा ३४ रन बनाए । तिलक बर्माले २९ बलमा २ छक्काको सहयोगमा ३२ रन बनाए । पान्ड्या र बर्माले ५ औ विकेटका लागि ५६ रनको साझेदारी गर्दै टोलीलाई अघि बढाउने कोशिस गरे पनि युजभेन्द्र चहलले  हार्दिकलाई आउट गर्दै साझेदारी तोडे ।

    टिम डेबिडले २४ बलमा १ चौकाको सहयोगमा १७ रन बनाए । ओपनर इशान किशनले १४ बलमा २ चौका र १ छक्काको सहयोगमा १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् । 

    राजस्थानका लागि ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान ३ तथा नान्र्दे बर्गरले २ विकेट लिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार