सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपाल आज भारतको बरोडासँग खेल्दै

नेपाल आज भारतको बरोडासँग खेल्दै

साझा पोष्ट
मंगलबार, चैत २० २०८०
  • images
    नेपाल आज भारतको बरोडासँग खेल्दै
    images

     काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली टोलीले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा आज बरोडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २ : ४५ मा सुरु हुनेछ ।

    images
    images

    नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा छ ।पहिलो खेलमा ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो ।

    images
    images

    गुजरातलाई ९८ रनमा अल आउट गर्न गुलशन झाले ४ र करण केसीले ३ विकेट लिएका थिए ।दुई सातापछि ओमानमा हुने एसीसी प्रिमियर कपको लागि नेपालले भारतमा तयारी गरेको हो । 

    बरोडाको टोलीमा अधिकांश रणजी खेल्ने दोस्रो रोजाइका खेलाडी छन् । बरोडाको कप्तानी विष्णु शोलंकीले गर्नेछन् । ३१ वर्षीय शोलंकीले ४१ प्रथम श्रेणी, ५० लिष्ट ए र ६२ टी–२० खेल खेलेका छन् । त्यस्तै भारतबाट यू १९ क्रिकेट खेलेका शस्वात रावत पनि बरोडाको टोलीमा छन् । अभिमन्युसिंह राजपुत र भानु पनिया पनि छन् । बुधबार नेपालले गुजरात र शुक्रबार बरोडासँग खेल्नेछ । फाइनल पुगे  आइतबार खेल्नेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार