सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

रञ्जिताले गण्डकी र बागमतीका अध्यक्षलाई पार्टीबाट निष्कासित गरिन्

रञ्जिताले गण्डकी र बागमतीका अध्यक्षलाई पार्टीबाट निष्कासित गरिन्

साझा पोष्ट
मंगलबार, चैत २० २०८०
  • images
    रञ्जिताले गण्डकी र बागमतीका अध्यक्षलाई पार्टीबाट निष्कासित गरिन्
    images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी(नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले दुई प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन् ।
    अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेकी हुन् । दुवैलाई पत्र पठाएर उनले निष्काशन गरेकी छन् । 

    images
    images

    पत्रमा पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई कुटपिट तथा अभद्र व्यवहार गरेकोले निष्कासन गरिएको उल्लेख छ ।

    images
    images

    सत्ता समीकरण फेरिएसँगै पार्टी अध्यक्ष रञ्जिता र संरक्षक रेशम चौधरीबीच विवाद बढेको छ । रन्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि उनका पति रेशम त्यसको विपक्षमा छन् । यही विवादको क्रममा सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रन्जिता र रेशम पक्षका नेताहरुबीच कुटाकुट भएको थियो ।

    रेशम पक्षबाट कुटिएका मध्ये एक रमेशले सोमबार नै पत्रकार सम्मेलन गरी आफूहरुमाथि कुटपिट भएको र ज्यानको असुरक्षा बढेको बताएका थिए । लगत्तै रेशमले रञ्जिताकै कारण आफू आत्महत्याको तहमा पुगिसकेको प्रतिक्रिया दिँदै पार्टी विभाजनको संकेत दिएका थिए ।

    रेशमले २३ र २४ गते बैठक बसेर कारबाहीको चेतावनी दिएका छन् । तर त्यसअघि नै रञ्जिताले कारवाही शुरु गरेकी छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार