सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

रेशम र रञ्जितासँग प्रधानमन्त्री प्रचण्डले गरे छुट्टाछुट्टै छलफल

रेशम र रञ्जितासँग प्रधानमन्त्री प्रचण्डले गरे छुट्टाछुट्टै छलफल

साझा पोष्ट
मंगलबार, चैत २० २०८०
  • images
    रेशम र रञ्जितासँग प्रधानमन्त्री प्रचण्डले गरे छुट्टाछुट्टै छलफल
    images

     काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

    images
    images

    बिहान रन्जितासँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले दिउँसो रेशमसँग छलफल गरेका हुन् ।  नयाँ सत्ता समीकरण र प्रदेश सरकारका विषयमा केन्द्रित रहेर छलफल भएको हो । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा दुवैजनालाई मिलेर पार्टी एकता बचाइराख्न र प्रदेश तथा संघीय सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ ।

    images
    images

    छलफलका लागि बोलाएपछि गएको र प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन तथा  नयाँ समीकरणअनुसारको सरकारलाई समर्थन गर्न आग्रह गरेका संरक्षक चौधरीले बताए । 
    तर आगामी २३ र २४ गते आफूले पार्टीको बैठक बोलाएको र बैठकले जे निर्णय गर्छ त्यसैअनुसार हुने बताएको जानकारी दिए । उनले प्रदेश सरकारलाई स्वायत्त भएर निर्णय गर्न दिन पनि आफूले प्रधानमन्त्रीलाई भनेको बताए ।

    रेशम र रन्जिताबीच विवाद हुँदा नाउपा वर्तमान सत्ता गठबन्धनमा आबद्ध छैन भने नयाँ सत्ता समीकरण अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकार गठनमा अन्यौल छ ।
     विवाद बढ्दा नाउपा विभाजनको अवस्थामा पुगेको छ ।  रन्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि उनका पति रेशम त्यसको विपक्षमा छन् । यही विवादको क्रममा सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रन्जिता र रेशम पक्षका नेताहरुबीच कुटाकुट भएको थियो ।

    कुटपिटमा संलग्न भएको भन्दै रञ्जिताले नाउपा गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेकी छन् ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार