सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गृहमन्त्रीलाई बोल्न नदिनु कांग्रेसको अराजकता : एमाले

गृहमन्त्रीलाई बोल्न नदिनु कांग्रेसको अराजकता : एमाले

साझा पोष्ट
बुधबार, चैत २१ २०८०
  • images
    गृहमन्त्रीलाई बोल्न नदिनु कांग्रेसको अराजकता : एमाले
    images

    काठमाडौं । नेकपा एमालेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली कांग्रेसले अराजक व्यवहार देखाएको आरोप लगाएको छ । बुधबार संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री लामिछानेले सत्तापक्ष र सर्वसाधारणले आफूमाथि लगाएको आरोपको खण्डन कसरी गर्छन् भनेर सुन्न चाहे पनि कांग्रेसले नदिएर संसदमा अराजकता मच्चाएको टिप्पणी गरेका हुन् । ‘आज गृहमन्त्रीलाई बोल्छु भन्दा रोकेर एक प्रकारले भन्ने हो भने राजनीतिक असहिष्णुता र संसदीय अराजकता नेपाली कांग्रेसका तर्फबाट भएको छ ।’उनले भने,‘सिंगो देशले गृहमन्त्रीमाथि लागेका प्रश्नको बारेमा सुन्न चाहन्छ । के उहाँहरुले रोकिरहने ? अनि हामी सत्तापक्षले कहाँ गएर सुन्ने हो ? हामी सत्ता पक्षले बोल्ने कहाँ गएर हो ? सरकारले कहाँ गएर बोल्ने हो ? त्यसकारण उहाँहरुले जे गर्नुभयो, त्यो बेठीक छ ।' कांग्रेसले संसदलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहको बन्धक बनाएको प्रमुख सचेतक बर्तौलाले बताए । सरकारबाट हटेको एक महिना पनि पीडा​

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार