सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने

एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने

साझा पोष्ट
बिहीबार , चैत २२ २०८०
  • images
    एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने
    images

    काठमाडौं । प्रमुख सत्तारुढ नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने निर्णय गरेको छ।

    images
    images

    एमालेबाट राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले राष्ट्रिय सभाको उपाध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए । 

    images
    images

    दाहालका अनुसार फागुन २१ गते बनेको नयाँ सत्ता गठबन्धनले राष्ट्रिय सभाको उपाध्यक्ष पद एमालेलाई दिने निर्णय गरिसकेकाले उम्मेदवारमा घिमिरेलाई अघि सारिएको हो। 

    सत्तारुढ चार दल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने उल्लेख थियो । तर एकीकृत समाजवादी पनि गठबन्धनमा सहभागी भएपछि उसले उपाध्यक्षमा दाबी गर्‍यो र पाँच दलले गरेको सहमतिमा उपाध्यक्ष एमालेले लिने सहमति हटाइएको थियो ।

    राष्ट्रियसभा उपाध्यक्षका लागि २८ चैतमा निर्वाचन हुनेछ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार