सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कांग्रेस र एमाले मिलौं : शेखर कोइराला

कांग्रेस र एमाले मिलौं : शेखर कोइराला

साझा पोष्ट
बिहीबार , चैत २२ २०८०
  • images
    कांग्रेस र एमाले मिलौं : शेखर कोइराला
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  राजनीतिक स्थिरता र विकासका लागि कांग्रेस र एमाले मिल्नुपर्ने बताएका छन्।

    images
    images

    बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देश अप्ठ्यारो अवस्थामा रहेकाले राजनीतिक स्थिरता र विकासका लागि दुई ठूला पार्टी एकै ठाउँमा उभिनुपर्नेमा जोड दिएका हुन् ।  

    images
    images

    ‘संविधान बनाउन कांग्रेस र एमाले नै चाहियो। त्यसलाई ध्यानमा राखेर देशलाई स्थिरता दिने र विकास दिने हो भने यी दुई दल एकै ठाउँमा उभिनुपर्छ,’ कोइरालाले भने । 

    उनले फागुन २१ गते बनेको एमाले र माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धन सरकारले देशको आर्थिक विकास गर्ने सम्भावना नरहेको पनि दाबी गरे।

    ‘यस्ता गठबन्धनहरूले देशको आर्थिक विकास हुने त कुनै सम्भावना छैनु, उनले भने, ुराजनीतिक स्थिरता पनि हुँदैन भन्ने कुरा प्रदेशबाट देखिइसकेको छ। हरेक वर्ष सरकार परिवर्तन हुन थाले अप्ठ्यारो हुन्छ । हामीले अब स्थायी सरकार दिन जरुरी छ।’

    नेता कोइरालाले कोसी प्रदेश सरकार संविधानको धारा ७५ को उपधारा ५ बाट बनेको हेक्का राख्न पनि दलहरूलाई सुझाएका छन्। 

    उनले कोसी प्रदेश सरकार विघटन भए मध्यावधिमा जाने पनि बताए। कोसीमा उनीनिकट केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

    तर फागुन २१ गते माओवादी र एमाले मिलेर नयाँ गठबन्धन बनेपछि कार्कीलाई सरकारबाट बाहिरिदन दबाब बढिरहेको छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार