सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

प्रचण्डजीले गोरखा–२ बाट राजीनामा दिनुपर्छ :  बाबुराम भट्टराई

प्रचण्डजीले गोरखा–२ बाट राजीनामा दिनुपर्छ :  बाबुराम भट्टराई

साझा पोष्ट
बिहीबार , चैत २२ २०८०
  • images
    प्रचण्डजीले गोरखा–२ बाट राजीनामा दिनुपर्छ :  बाबुराम भट्टराई
    images

     काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

    images
    images

    गोरखा–२ मा नेपाली कांग्रेसका कार्यकर्ताको मतको मद्दतमा चुनाव जितेर धोका दिनु राजनीतिक रुपले अनैतिक ठहर्ने उनले टिप्पणी गरे । 

    images
    images

    ‘प्रचण्डजीले जुन गठबन्धनबाट चुनाव लड्नुभो। अर्थात् चुनावपूर्वको जुन गठबन्धन छ। त्यसलाई अर्को चुनावभन्दा पहिले छोड्नु त राजनीतिक र नैतिक हिसाबले उपयुक्त हुँदैन,'  बिहीबार गोरखामा पत्रकारहरुसँग उनले भने, ‘उहाँले गठबन्धन परिवर्तन गर्ने हो भने जसको सहयोगमा उहाँले निर्वाचन जित्नुभा’छ। तिनीहरूलाई त धोका दिएको ठहर्छ। राजनीतिकरूपले पनि त्यो अनैतिक ठहर्छ। त्यस्तो अबस्थामा उहाँले चुनाव जितेको क्षेत्रबाट राजीनामा दिनु र फेरि नयाँ निर्वाचन गर्नु उपयुक्त हुन्छ।’ 

    गोरखा–२ बाबुराम भट्टराईले प्रचण्डका लागि छोडेका थिए । प्रचण्डको राजनीति विचार र मुद्दाका लागि भन्दा पनि विशुद्ध सत्ता स्वार्थको लागि भएको उनले बताए । विगतमा पार्टीभित्रको सत्तामुखी रहेका प्रचण्ड अहिले राज्यको सत्तामुखी बनेको उनको आरोप छ ।

    ‘विगतको मेरो उहाँसँगको सहकार्यले के देखाउँछ भने उहाँ असाध्यै पार्टीको सत्तामुखी अब राज्यको सत्तामुखी देखिन थाल्नुभयो । उहाँले के गर्नुहुन्छ भनेर पहिले अनुमान गर्न गाह्रो छ । आफ्नो सत्ता र शक्तिका लागि जे पनि गर्न सक्नुहुन्छ,’ भट्टराईले भने ।

    प्रधानमन्त्रीको कुर्सीलाई केन्द्रमा राखेर प्रचण्डले गठबन्धन परिवर्तन गर्ने गरेको उनको भनाइ छ ।

    गण्डकी प्रदेश सरकारको सन्दर्भमा कुरा गर्दै भट्टराईले माओवादी केन्द्रलाई सहयोग गर्न नसक्ने बताए । कसलाई सहयोग गर्ने भन्ने बिषयमा आवश्यकताका आधारमा निर्णय गर्ने उनले जानकारी दिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार