सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आयरल्यान्ड 'ए' सँग नेपाल 'ए' को लज्जास्पद ब्याटिङ, ६० रनमा अलआउट

आयरल्यान्ड 'ए' सँग नेपाल 'ए' को लज्जास्पद ब्याटिङ, ६० रनमा अलआउट

साझा पोष्ट
शुक्रबार, चैत २३ २०८०
  • images
    आयरल्यान्ड 'ए' सँग नेपाल 'ए' को लज्जास्पद ब्याटिङ, ६० रनमा अलआउट
    images

    काठमाडौं । लज्जास्पद ब्याटिङसँगै नेपाल ए आयरल्यान्डसँगको दोस्रो एकदिवसीय खेलमा ११४ रनको फराकिलो अन्तरले पराजित भएको छ  । योसँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अघि नै जितेको छ । नेपालले दुवै खेलमा खराब ब्याटिंगका कारण पराजय बेहोर्यो । 

    images
    images

    १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमा अल आउट भयो । नेपालका भीम सार्कीले २१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १७ रन बनाए । विनोद भण्डारी १९ बलमा २ चौकासहित १६ रनमा आउट भए । नेपालका ९ खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
    देव खनाल शून्य, अर्जुन साउद ५, नरेन भट्ट र बसिर अहमद ६–६ रनमा आउट भए । स्पिनर म्याथ्यु हम्फ्रेजले ८ रन खर्चेर ६ विकेट लिए । थोमस मेयर्स र फिन ह्यान्डले २–२ विकेट लिए ।

    images
    images

    त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ३८.४ ओभरमा १७४ रनमा अल आउट भएके थियो ।

    आयरल्यान्डका गेभिन होईले ५९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । कप्तान निल रक ३८ बलमा ३ चौका र ३ छक्कासहित ४५ रनमा आउट भए । अन्तिम विकेटको रुपमा आउट भएका लियाम म्याकार्थी ५४ बलमा ३ चौकासहित ३५ रनमा आउट भए । पिटर मुर १७ रनमा आउट भए ।

    नेपालका स्पिनर साहब आलमले १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर ३ विकेट लिए । रिजन ढकालले ८ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार