सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पार्टीमा अझै २० वर्ष कसैले आश नगरे हुन्छ: ओली

पार्टीमा अझै २० वर्ष कसैले आश नगरे हुन्छ: ओली

साझा पोष्ट
शुक्रबार, चैत २३ २०८०
  • images
    पार्टीमा अझै २० वर्ष कसैले आश नगरे हुन्छ:  ओली
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वमा अझै २० वर्ष पार्टीमा कसैलाई आश नगर्न भनेका छन् । शुक्रबार पोखरामा कास्की जिल्ला कमिटीमा निर्वाचितहरुलाई शपथ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अझै पार्टीमा २० वर्ष नेतृत्व गर्ने बताए । 

    images
    images

    ‘कसैले एमालेबिनाको नेपाल भने । कसैले केपी ओलीबिनाको एमाले भने, दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला,’ उनले भने, ‘पोहोर परार मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ। रोपेको होइन आफै पलाउन थालेको छ ।  २० वर्ष जति अरू कसैले आस नगरे पनि हुन्छ ।’

    images
    images


    उनले कांग्रेस–माओवादी गठबन्धन आफैँले तोडेको बताए । विदेशीको इसारामा गठबन्धन तोडिएको आरोप लागिरहेका बेला उनले देशभित्रैबाट गठबन्धन तोडेको बताएका हुन् । ‘हामी मिसन ८४ भनेर अघि बढिरहेका छौँ । एउटा गठबन्धन तोड्दियौँ,’ उनले भने, ‘गठबन्धन विदेशीले होइन हामीले फुटाएका हौँ । यो समीकरण बनाउन हामी सक्थ्यौँ, हामीले नै बनाएका हौँ ।’

    अघिल्लो गठबन्धन निकम्मा र भ्रष्ट भएको आरोप उनले लगाए । ‘दक्षिणपन्थी, निकम्मा, भ्रष्ट गठबन्धन देशका लागि दुर्भाग्य थियो । एमालेको सरकार ढालेपछि  देश ओरालो लागेको लागै थियो, त्यस सरकारलाई हटाउनै पर्ने भयो । हटायौँ’  ओलीले भने ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार