सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

माओवादीसँग एकताको सहमति गरेर अहिले बाबुरामले कुरा फेरे : गंगा श्रेष्ठ

माओवादीसँग एकताको सहमति गरेर अहिले बाबुरामले कुरा फेरे : गंगा श्रेष्ठ

साझा पोष्ट
शनिबार, चैत २४ २०८०
  • images
    माओवादीसँग एकताको सहमति गरेर अहिले बाबुरामले कुरा फेरे : गंगा श्रेष्ठ
    images

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का सहअध्यक्ष गंगानारायण श्रेष्ठले गत चुनावका बेला नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति गरेर अहिले अध्यक्ष डा.बाबुराम भट्टराईले कुरा फेरेको आरोप लगाएका छन्। 

    images
    images


    शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले एकीकृत पार्टीको नाममा समेत सहमति भइसकेपछि अहिले आएर एकाएक हुँदैन भनेको दाबी गरे । 

    images
    images

    ‘त्यतिखेर पार्टी एकताको निम्ति पार्टीको नामको बारेमा समेत छलफल गरेर एउटा सहमति भएको  थियो। त्यो भनेको नेकपा समाजवादी केन्द्र वा नेकपा समाजवादी राख्ने भन्ने त्यतिखेर हामीबीच अन्डरस्ट्यान्डिङ थियो दुई पक्षका बीचमा’, उनले भने, ‘अहिले डा. साबले होइन भन्नुहुन्छ ! यहाँहरूले भेट्दा सोध्नुभए हुन्छ– हो कि होइन भनेर।’
    चुनाव अघि नै एकता गर्ने कुरा भएकामा बरु अर्का अध्यक्ष महिन्द्र यादवले नमानेको श्रेष्ठले बताए । 'प्रचण्डजी तयार हुनुहुन्थ्यो, बाबुरामजी तयार हुनुहुन्थ्यो। हामी सबै तयार थियौँ। पार्टी एकताको प्रस्ताव राख्ने मान्छे नै म हुँ। त्यो प्रस्ताव एक्सेप्ट गरेको अवस्था पनि हो। तर हाम्रा अहिलेका अध्यक्ष महीन्द्र राय यादवजीले अहिले पार्टी एकता नगरौँ, पछि गरौँ भनेपछि हामी एकल चुनाव चिह्नमा गएको।’ उनले भने । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार