सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

इलाम-२ मा पहिचान पक्षधर उम्मेदवार थेगिमको उम्मेदवारी दर्ता

इलाम-२ मा पहिचान पक्षधर उम्मेदवार थेगिमको उम्मेदवारी दर्ता

साझा पोष्ट
शनिबार, चैत २४ २०८०
  • images
    इलाम-२ मा पहिचान पक्षधर उम्मेदवार थेगिमको उम्मेदवारी दर्ता
    images

    इलाम ।  १५ वैशाखमा इलाम २ मा हुने उपनिर्वाचनका लागि  स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बु थेगिमले उम्मेदवारी दर्ता गराएका छन् ।

    images
    images

    प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकको समर्थन पाएका स्वतन्त्र उम्मेदवार थेगिमले पाचौं नम्बरमा मनोनयन दर्ता गराएका हुन् । हालसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

    images
    images

    त्यस्तै मंगोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बुले पनि उम्मेदवारी दर्ता गराएका छन् । ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि मंगोल नेशनलबाट लिम्बु नै उम्मेदवार थिए । त्यतिबेला उनले १३६३ मत पाएका थिए ।

    नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनको उम्मेदवारी दर्ता गराउने क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बु पनि उपस्थित थिइन् ।

    यसअघि जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी र स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले मनोनयन दर्ता गराए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार