सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

इलाम-२ मा रास्वपाका मिलन लिम्बुको उम्मेदवारी दर्ता

इलाम-२ मा रास्वपाका मिलन लिम्बुको उम्मेदवारी दर्ता

साझा पोष्ट
शनिबार, चैत २४ २०८०
  • images
    इलाम-२ मा रास्वपाका मिलन लिम्बुको उम्मेदवारी दर्ता
    images

    काठमाडौं । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का मिलन लिम्बुले उम्मेदवारी दर्ता गराएका छन्। रास्वपाका उपासभापति तथा श्रम मन्त्री डिपि अर्यालसहितको टोली निर्वाचन अधिकृतको कार्यालयपुगेर उम्मेवदारी दर्ता गराएका हुन्।लिम्बू राष्ट्रिय झण्डा ओढेर मनोनयनका लागि पुगेका थिए।

    images
    images

    माओवादी छोडेर लिम्बूले सुरुमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए। पत्रकार समेत रहेका लिम्बूलाई रास्वपपाले पार्टीमा भित्र्याएर टिकट दिएको हो। केही सातादेखि लिम्बू निर्वाचन क्षेत्रमै खटिएर चुनावी प्रचार प्रसार गरिरहेका छन्।

    images
    images

    वैशाख १५ गते हुने उपनिर्वाचनको लागि अहिलेसम्म कांग्रेसबाट डम्बर खड्का, एमालेका सुहाङ नेम्वाङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०का श्यामबहादुर दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमलगायतले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार