सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

विप्लवलाई पनि लाग्यो चुनाव, इलाममा एमालेका सुहाङलाई भोट हाल्ने

विप्लवलाई पनि लाग्यो चुनाव, इलाममा एमालेका सुहाङलाई भोट हाल्ने

साझा पोष्ट
शनिबार, चैत २४ २०८०
  • images
    विप्लवलाई पनि लाग्यो चुनाव, इलाममा एमालेका सुहाङलाई भोट हाल्ने
    images

    काठमाडौं । आगामी वैशाख १५ को उपनिर्वाचनमा इलाम–२ का नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि सहयोग गर्ने भएको छ। 

    images
    images

     शनिबार विप्लव नेतृत्वको नेकपाका इलाम इन्चार्ज मौसम सीसँग एमाले र माओवादीले उपुचनावमा सहकार्य गर्ने सहमति गरेका हुन् । । यसअघि उनलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो।एमाले, माओवादी र नेकपाले एक संयुक्त अपिल समेत जारी गर्दै सुहाङलाई जिताउन आग्रह गरेका छन् । 

    images
    images

    अपिलमा एमाले इलाम अध्यक्ष महेश बस्नेत, माओवादी केन्द्रका इलामका संयोजक विजय खम्बू र नेकपाका इन्चार्ज मौसम सीको हस्ताक्षर छ । 
    अपिलमा प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय सहमति भएको बताइएको छ। 

    सुहाङका बुवा एमाले नेता सुवास नेम्वाङको निधनपछि रिक्त  भएपछि आगामी वैशाख १५ गते उपचुनाव हुँदैछ । 

    suhang-biplab1.jpg

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार