सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

इलाम-२ मा ८ स्वतन्त्रसहित २० जनाले दिए उम्मेदवारी

इलाम-२ मा ८ स्वतन्त्रसहित २० जनाले दिए उम्मेदवारी

साझा पोष्ट
शनिबार, चैत २४ २०८०
  • images
    इलाम-२ मा ८ स्वतन्त्रसहित २० जनाले दिए उम्मेदवारी
    images

    काठमाडौं । आगामी वर्ष वैशाख १५ मा हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन्।

    images
    images

    विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेश्नल अर्गनाइजेशनसहित स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। 

    images
    images

    suhang-nembang-.jpg

    एमालेबाट सुहाङ नेम्वाङ, कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी,  मङ्गोल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बू, डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन्। 

    dambar-khadka-.jpg

    त्यस्तै राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशम बहादुर सुनार, नेश्नल रिपब्लिकन पार्टीबाट धनराज रानामगरको उम्मेदवारी दर्ता भएको छ।

    milan-limbu_ilam.jpg

    उम्मेदवारी विरुद्ध भोली बिहान १० बजेदेखि ३ बजेसम्म विरुद्ध उजुरी दिने कार्यसूची छ। भोलि नै दिउँसो ३ देखि ५ बजेसम्म मनोनयन पत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ।

    चैत २६ गते उम्मेदवारको नामावली प्रकाशन , चैत २७ गते उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह दिने कार्यसूची  छ।

    Dakendra--thegim-.jpg

    बझाङको प्रदेशसभामा १२ जनाको उम्मेदवारी

    यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी, नेकपा एकीकृत समाजवादीका जनकबहादुर बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्काले उम्मेदवारी दर्ता गरेका छन् ।  

    त्यस्तै नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह, जनता समाजवादी पार्टीका रामबहादुर जाग्री, जनमत पार्टीकी सुशीलादेवी विष्ट, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, नेशनल रिपब्लिक पार्टीका कमल घर्तीमगर, नेपाली जनता दलका अशोक सुनार र राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

    ४ मंसिर २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए । तर उनको गत ५ असारमा गाडी दुर्घटनामा निधन भएपछि यो क्षेत्र जनप्रतिनिधिविहीन भएको थियो ।  कांग्रेस उम्मेदवार अभिषेक दिवंगत पृथ्वी सिंहका छोरा हुन् ।

    ४ मंसिर २०७९ को चुनावमा यो क्षेत्रमा कांग्रेसलाई नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन थियो । तर अहिले यी दुबै दलले आआफ्ना उम्मेदवार उठाएका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार