सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

साझा पोष्ट
आइतबार, चैत २५ २०८०
  • images
    उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
    images

    काठमाडौं । काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा मनोनयन दर्ता गराएका उमेदवारको विरोधमा आज उजुरी दिन सकिने जनाएको छ । आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने सकिने छ ।

    images
    images

    उजुरीमाथि भोलि बेलुका ५ बजेसम्ममा जाँचबुझ गरिने कार्यतालिकामा छ । जाँचबुझ पछि भोलि बेलुका उमेदवारको नामावली प्रकाशन गरिने छ । त्यसपछि चैत २६ गते अपराह्न ५ बजेसम्ममा उजुरीबारे जाँचबुझ गर्ने कार्यतालिका छ। 

    images
    images

    प्रतिनिधि सभा सदस्यका लागि शनिबार इलाम–२ मा २० जना र प्रदेश सभा सदस्यका लागि बझाङ प्रदेशसभा १ मा १२ जनाले उम्मेदवारी दिएका छन्। 

    निर्वाचन आयोगका अनुसार चैत २६ गते उमेदवारको नामावली प्रकाशन गर्ने, २७ गते बिहान बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता र २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ।  

    त्यसपछि चैत २७ गते नै अपराह्न ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने कार्यतालिका छ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार