सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मुम्बईले दिल्लीलाई दियो २३५ रनको विशाल लक्ष्य

मुम्बईले दिल्लीलाई दियो २३५ रनको विशाल लक्ष्य

साझा पोष्ट
आइतबार, चैत २५ २०८०
  • images
    मुम्बईले दिल्लीलाई दियो २३५ रनको विशाल लक्ष्य
    images

    काठमाडौं । इन्ण्डियन प्रिमियर लिग आईपीएलमा मुम्बई इन्ण्डियन्सले दिल्ली क्यापिटल्सलाई २३५ रनको विशाल लक्ष्य दिएको छ ।

    images
    images

    घरेलु मैदान वानखेडेमा टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३४ रन बनायो । अन्तिम ओभरमा रोमारियो सेफर्डले ३२ रन जोडे । उनी १० बलमा ३९ रन जोडेर नटआउट रहे । यस्तै टिम डेभिडले २१ बलमा नटआउट ४५ रन बनाए ।

    images
    images

    सेफर्डले ४ छक्का र तीन चौका तथा डेविडले ४ छकका र २ चौका हाने । मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ४९ रन बनाए । २७ बल खेलेर आउट हुनु अघि उनले ३ छक्का र ६ चौका हाने । यस्तै ईशान किशनले २३ बलको सामना गर्दै २ छक्का र ४ चौकासहित ४२ रन बनाए ।

    यस्तै कप्तान हार्दिक पाण्ड्याले ३३ बलमा ३९ रनको योगदान गरे । चौथो खेल खेलिरहेको मुम्बई जारी सिजनमा पहिलो जितको खोजीमा छ । उसले अघिल्ला तीन खेल हारेको छ । दिल्लीको यो पाँचौ खेल र उसले अहिलेसम्म एक खेल मात्रै जितेको छ । दुबै टोली जितको दबाबमा छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार