सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

वेस्ट इन्डिजका एस्टविक नेपालको बलिङ कन्सल्टेन्ट नियुक्त

वेस्ट इन्डिजका एस्टविक नेपालको बलिङ कन्सल्टेन्ट नियुक्त

साझा पोष्ट
आइतबार, चैत २५ २०८०
  • images
    वेस्ट इन्डिजका एस्टविक नेपालको बलिङ कन्सल्टेन्ट नियुक्त
    images

    काठमाडौं । वेस्ट इन्डिजका रोड्रिक ओ’ एस्टविक नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ 
    कन्सल्टेन्टमा नियुक्त भएका छन् ।

    images
    images

    नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एस्टविकलाई बलिङ सल्हाहकार प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको । 
    एस्टविकले वेस्ट इन्डिजको सिनियर टोलीको बलिङ प्रशिक्षकको रुपमा काम गरेका छन् । उनले सन् २०१६ देखि २०२२ मा पटक पटक वेस्ट इन्डिजको जिम्मेवारी सम्हालेका थिए । नेपालका वर्तमान प्रशिक्षक मोन्टि देशाइ वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक हुँदा यी दुईले सँगै काम गरेका थिए ।

    images
    images

    एस्टविकलाई आइसीसी टि२० विश्वकप सम्मका लागि अनुबन्ध गरिएको क्यानले जनाएको छ ।   खड्काका अनुसार एस्टविकले यसै साता ओमानमा सुरु हुने एसीसी मेन्स प्रिमियर कपबाट टोलीसँग जोडिनेछन् ।

    नेपालको राष्ट्रिय टोलीमा काम गर्न पाउनु मेरा लागि गर्वको विषय हो । आफ्नो ज्ञान नेपाली खेलाडीलाई बाँड्न आतुर छु ,’ एस्टविकले भने,‘ पछिल्लो समय नेपालले क्रिकेटमा राम्रो गरिरहेको छ । नेपाली क्रिकेटलाई अझैमाथि लैजानका लागि म शतप्रशित दिने प्रयास गर्नेछु ।’ 
    मुख्य प्रशिक्षक मोन्टि देशाइले एस्टविकसँग काम गरेको अनुभवले उनी नेपालको लागि राम्रो गर्नेमा विश्वस्त रहेको बताए । सचिव पारस खड्काले विश्वकप तयारी र वेस्ट इन्डिजको बारेमा जानकारी राख्ने भएकाले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार