सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सभामुखले बोलाए प्रधानमन्त्रीसहित प्रमुख ४ दलका शीर्ष नेताको बैठक

सभामुखले बोलाए प्रधानमन्त्रीसहित प्रमुख ४ दलका शीर्ष नेताको बैठक

साझा पोष्ट
सोमबार, चैत २६ २०८०
  • images
    सभामुखले बोलाए प्रधानमन्त्रीसहित प्रमुख ४ दलका शीर्ष नेताको बैठक
    images

    काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख चार राजनीतिक दलका शीर्ष नेताको बैठक बोलाएका छन्।

    images
    images

     सभामुखको कार्यकक्ष सिंहदरवारमा दिउँसो २ बजे बस्नेगरी सभामुख घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताको बैठक बोलाएका हुन्। पहिले विहान १०ः३० बजे बस्ने भनिएको बैठक पछि २ बजेका लागि सारिएको छ ।

    images
    images

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस, एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेतालाई आमन्त्रण गरिएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।

    प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामेछानेको संलग्नता दावी गर्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ। 

    कांग्रेसले सहकारी प्रकरणको छानविनको लागि संसदीय समिति गठन गर्न सरकार तयार नभए यही चैत २७ देखि संसद बैठक नै अबरुद्ध गर्ने चेतावनीसमेत दिएको छ। त्यसैलाई ध्यानमा राखेर सभामुखले दलहरुको बैठक बोलाएका हुन् । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार