सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कम्युनिष्टहरुले नेपालको संस्कृति र पहिचान मेटेको महतोको आरोप

कम्युनिष्टहरुले नेपालको संस्कृति र पहिचान मेटेको महतोको आरोप

साझा पोष्ट
सोमबार, चैत २६ २०८०
  • images
    कम्युनिष्टहरुले नेपालको संस्कृति र पहिचान मेटेको महतोको आरोप
    images

    काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन् ।

    images
    images

    सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालका कम्यूनष्टिहरुमाथि यो गम्भीर आरोप लगाएका हुन् । कम्युनिष्टहरुले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको र उनीहरु आफै मेटिने उनले दाबी गरे ।

    images
    images

    उनले भने, ‘कम्युनिष्टहरुले नेपालको सबै सभ्यता, संस्कृति मेटाइदिने, पहिचान मेटाउने काम गरे । धर्म मेटाइदिने काम गरे । सबै मेटाउँदा मेटाउँदै नेपालको अस्तित्व मेटाइदिने । सबै मेटाउनुको अर्थ नेपालको अस्तित्व मेटाउनु हो ।’ महतोले भने, नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिन्छन् । हाम्रा सभ्यता, संस्कृति र धर्ममाथि, हाम्रो पहिचानमाथि पटक पटक जुन आक्रमण प्रचण्डदेखि केपी ओलीसम्मले गरेका छन् । यिनीहरूको पतन हुन्छ ।’

    उनले नेपालीहरूको सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार भइरहेको बताए । उनले क्यापिटालिजम कम्युनिज्म दुनियाँमा असफल भइरहेको भन्दै अब नेपाली जनतालाई खोक्रो राष्ट्रवादको नाममा ठग्ने दिन गएको बताए ।
     
    ‘क्यापिटालिजम कम्युनिज्म दुनियाँमा असफल भइसक्यो । नेपाली जनतालाई अब ठग्ने दिन गए ।’ उनले भने । नेता महतोले अब नेपालमा आयातित विदेशी विचारबाट शासन नचल्ने बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार