सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सभामुखसहित प्रमुख ४ दलको बैठक निष्कर्षहीन, गृहमन्त्रीमाथि संसदीय छानबिन कांग्रेसको न्यूनतम अडान

सभामुखसहित प्रमुख ४ दलको बैठक निष्कर्षहीन, गृहमन्त्रीमाथि संसदीय छानबिन कांग्रेसको न्यूनतम अडान

साझा पोष्ट
सोमबार, चैत २६ २०८०
  • images
    सभामुखसहित प्रमुख ४ दलको बैठक निष्कर्षहीन, गृहमन्त्रीमाथि संसदीय छानबिन कांग्रेसको न्यूनतम अडान
    images

    काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रधानमन्त्रीसहित प्रमुख ४ दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।

    images
    images

    प्रधानमन्त्री प्रचण्ड सहित बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि विना निष्कर्ष टुंगिएको हो । कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछाने माथि छानविनको माग गर्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।

    images
    images

    कांग्रेसले उठाएको विषयमा छलफलमा कांग्रेसको सकरात्मक जवाफ नआएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

    ‘राजनीतिक पूर्वाग्रहमा आधारित छानविन समिति बन्न सक्दैन । त्यो जायज छैन । तथ्य र प्रमाणमा आधारित नभएर यो कुरा आएको छ,’ बर्तौलाले भने,‘कांग्रेसलाई पुर्नविचार गरेर आउन भनेका छौं । संसदीय छानविन समिति बन्न सक्दैन ।’ संसदीय छानविन समिति गठन नगरी कतिपय विषय संसदको समितिबाट गर्न सकिने विकल्प रहेको उनले बताए ।

    छोटो समय बसेर सकिएको बैठकबाट बाहिरिएका गृहमन्त्री रवि लामिछानेले फेरि बस्ने कुरा भएको बताए । संसदीय छानबिन समिति न्युनतम माग रहेको तर त्यसलाई मान्न सरकार तयार नभएका प्रमुख सचेतक रमेश लेखकले बताए ।

    ‘अब संसदमा कुनै बैठकका काम कारबाही अवरुद्ध भए भने त्यसको जिम्मेवार सरकारले लिनुपर्दछ,’ लेखकले भने । भोलि संसदमा सरकार कुन रुपमा प्रस्तुत हुन्छ त्यसै अनुसार कांग्रेस प्रस्तुत हुने बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार