सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

साझा पोष्ट
सोमबार, चैत २६ २०८०
  • images
    टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक
    images

    काठमाडौं । आसन्न टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरे ।

    images
    images

    नयाँ जर्सीको सबैभन्दा तल गैंडा र सगरमाथा छ । जर्सीको रंग रातो, हल्का मधुरो र सेतोमा छ । बीचको भागको रंग निलो छ र नेपाल लेखिएको छ ।  पछाडिको अधिकांश भाग निलो रंगमा छ । कलर अर्थात् घाँटीको भाग रातो रंगमा छ । दुवै भागतर्फ बाउलामा नेपालको झण्डा छ ।

    images
    images

    जर्सी नम्बरमाथि खेलाडीको नाम छ । तल्लोभागमा सगरमाथा नै छ । बायाँतर्फ क्यान र दायाँतर्फ टी–२० विश्वकपको लोगो छ ।आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा नेपाल समूह डीमा परेको छ, जसमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्डस् छन् ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार