सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपालले घरेलु मैदानमा वेस्टइन्डिज 'ए' सँग ५ खेलको टी- २० सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा वेस्टइन्डिज 'ए' सँग ५ खेलको टी- २० सिरिज खेल्ने

साझा पोष्ट
सोमबार, चैत २६ २०८०
  • images
    नेपालले घरेलु मैदानमा वेस्टइन्डिज 'ए' सँग ५ खेलको टी- २० सिरिज खेल्ने
    images

    काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टि–२० विश्वकपअघि घरेलु मैदानमा वेस्टइन्डिज ‘ए’ सँग घरेलु सिरिज खेल्ने भएको छ ।

    images
    images

    एसीसी मेन्स प्रिमियर कप खेलेर फर्केपछि  टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिरिज आयोजना नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् । । नेपालले वेस्टइन्डिज ‘ए’ सँग ५ टि–२० खेल खेल्नेछ । सिरिज अप्रिल २५ देखि ५ मेसम्म चल्नेछ । प्रिमियर कप अप्रिल १२ देखि २१ सम्म ओमानमा हुँदैछ । हाल भारतमा रहेको टोली सिधै ओमान प्रस्थान गर्ने कार्यक्रम छ ।

    images
    images

    जुनमा हुने विश्वकपको आयोजना अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । २० राष्ट्र सम्मिलित विश्वकपको नेपाल समूह डी मा  छ । नेपालसँगै समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै प्रतियोगिता शुरु गर्नेछ ।

    nepal_wi.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार