शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी, छानबिन समिति गठन

सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी, छानबिन समिति गठन

साझा पोष्ट
सोमबार, चैत २६ २०८०
  • images
    सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी, छानबिन समिति गठन
    images

    काठमाडौं । सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी भएको छ । सामानहरु राखिएको स्टोरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

    images
    images
    images

    आगलागीको कारण बारे केही खुलेको छैन । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । सशस्त्र प्रहरीको यो केन्द्रीय स्टोर हो । उक्त स्टोरमा जुत्ता, मण्डी, म्याट्रेस, चुस्तालगायतका सामानहरु राखिएको बताइएको छ । 
    विद्यतुत सर्ट भएर आगलागी भएको सशस्त्र प्रहरीको दाबी छ । अहिले चार वटा दमकलको सहयोगमा आगो निन्त्रणको प्रयास भइरहेको छ । यसअघि सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको महत्वपूर्ण कागजात राखिएको स्टोरमा समेत आगलागी भएको थियो ।
    यसैबीच आगलागीको विषयमा अध्ययन गर्न छानबिन समिति गठन गरिएको छ ।सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालको अध्यक्षतामा ९ सदस्यिय छानबिन समिति गठन गरिएको हो । 

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार