सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कोलकाताको पहिलो हार, चेन्नइसँग ७ विकेटले पराजित

कोलकाताको पहिलो हार, चेन्नइसँग ७ विकेटले पराजित

साझा पोष्ट
मंगलबार, चैत २७ २०८०
  • images
    कोलकाताको पहिलो हार, चेन्नइसँग ७ विकेटले पराजित
    images

     काठमाडौं । चेन्नाइ सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)  २०२४ मा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ । कोलकाताको यो पहिलो हार हो ।

    images
    images

    १३८ रनको लक्ष्य चेन्नाइले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । चेन्नाइका कप्तान ऋतुराज गायकवाडले ५८ बलमा ९ चौकासहित सर्वाधिक ६७ रनमा नट आउट रहे । रचिन रविन्द्र १५, डर्याल मिचेल २५ र शिवम दुबेले २८ रन बनाए । महेन्द्रसिंह धोनी १ रनमा नट आउट रहे । कोलकाताका वैभव आरोराले २ र सुनिल नारायणले १ विकेट लिए ।

    images
    images

    त्यसअघि चेन्नाइको घरेलु मैदानमा चेपौकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । पछिल्लो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध २७२ रन बनाएको कोलकाता चेन्नाइको बलिङसामु भने चल्न सकेको थिएन ।

    कोलकाताका कप्तान श्रेयस ऐरले सर्वाधिक ३४, सुनिल नारायण २७, रगुवंशी २४, आन्द्रे रसेल १० र रिंकु सिंह ९ रनमा आउट भए । चेन्नाइका तुषार देशपाण्डे र रवीन्द्र जडेजाले ३-३ तथा मुश्ताफिजुर रहमानले २ र महेश थिक्सेनाले १ विकेट लिए ।

    राजस्थान ४ खेलमा अपराजित रहँदै शीर्षस्थानमा छ । कोलकाता ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ ।चेन्नाइ ५ खेलमा ३ मा जित र २ मा हारसहित चौथो स्थानमा छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार