सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

राप्रपाको प्रदर्शनमा प्रहरी र प्रर्दशनकारीबीच झडप, १४ जना पक्राउ, केही घाईते

राप्रपाको प्रदर्शनमा प्रहरी र प्रर्दशनकारीबीच झडप, १४ जना पक्राउ, केही घाईते

साझा पोष्ट
मंगलबार, चैत २७ २०८०
  • images
    राप्रपाको प्रदर्शनमा प्रहरी र प्रर्दशनकारीबीच झडप, १४ जना पक्राउ, केही घाईते
    images

    काठमाडौं । राप्रपाको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । भद्रकाली क्षेत्रमा भएको झडपमा परी राप्रपाका १४ जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images


     झडपका क्रममा प्रदर्शनकारीले ढुंगा हान्‍ने र निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले  राप्रपाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

    images
    images

    प्रदर्शनकारीमाथि सुरूमा प्रहरीले सुरुमा पानीको फोहोरा हानेको थियो । तर, प्रदर्शनकारी नरोकिएपछि लाठी चार्ज गरेको छ । प्रदर्शनका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त भएको छ । 


    राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

    प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गरेका छन् । निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    rpp.jpg

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार