सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

रास्वपाको कांग्रेसलाई जवाफः ०४७ यता उच्च पदमा बसेका सबै व्यक्तिमाथि छानबिन गरौं

रास्वपाको कांग्रेसलाई जवाफः ०४७ यता उच्च पदमा बसेका सबै व्यक्तिमाथि छानबिन गरौं

साझा पोष्ट
मंगलबार, चैत २७ २०८०
  • images
    रास्वपाको कांग्रेसलाई जवाफः ०४७ यता उच्च  पदमा बसेका सबै व्यक्तिमाथि छानबिन गरौं
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विगतका जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारको उत्खनन् गर्न उच्च स्तरीय स्वतन्त्र छानबिन समिति बनाउन माग गरेको छ।

    images
    images

    कांग्रेसले  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गरिरहेको बेलामा रास्वपाले सबै भ्रष्टाचारको फाइल खोल्नुपर्ने माग अघि सारेको हो।

    images
    images

    ‘सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा पनि कुनै पनि कालखण्डमा घटेका भ्रष्टाचारको छानबिन गर्ने भनिएको छ। ललिता निवासको सुरुवाती त अहिले विपक्षी दलका सभापति गृहमन्त्री हुँदा हस्ताक्षर भएर सुरु भएको हो। ललिता निवासदेखि अहिले वाइडबडी काण्डमा को–कोलाई जोगाइएको छ। यो सबैको छानबिन गर्नको लागि रास्वपाले उच्च स्तरीय स्वतन्त्र छानबिन समितिको आह्वान गर्दछ।’ प्रतिनिधि सभाको बैठकपछि उपसभापति स्वर्णिम वाग्लेले भने । 

    उनले कुनै पनि कालखण्डमा घटेका भ्रष्टाचारका काण्डहरूलाई उत्खनन गर्नको लागि बृहत् गर्ने गरी आह्वान पनि गरे। वाग्लेले भने, एउटा व्यक्तिलाई खुइल्याउने, एउटा आरोपका भरमा पात्रलाई खुइल्याउने किसिमले होइन। ०४७ यताका उच्च पदस्थ पदमा बसेका व्यक्तिमाथि छानबिन गर्नुपर्छ।’
    ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणको सुरूवात शेरबहादुर देउवा गृहमन्त्री हुँदा भएको आरोप उनले लगाए । ‘‘ललिता निवासको सुरूवाती त अहिलेका विपक्षी दलका सभापति गृहमन्त्री हुँदा हस्ताक्षर भएर सुरू भएको हो’ डा. वाग्लेले भने ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार