सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पञ्जाबमाथि हैदरावादले निकाल्यो २ रनको रोमाञ्चक जित

पञ्जाबमाथि हैदरावादले निकाल्यो २ रनको रोमाञ्चक जित

साझा पोष्ट
बुधबार, चैत २८ २०८०
  • images
    पञ्जाबमाथि हैदरावादले निकाल्यो २ रनको रोमाञ्चक जित
    images

    काठमाडौ । इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार भएको खेलमा सनराईजर्स हैदराबादले रोमाञ्चक जित हासिल गरेको छ । हैदराबादले पञ्जाव किंग्सलाई २ रनको झिनो अन्तरले हराएको हो । 

    images
    images

    हैदराबादले दिएको १८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो ।

    images
    images

    अन्तिम ओभरमा पञ्जावलाई जितका लागि २९ रन चाहिएको थियो । आशुतोष शर्माले पहिलो बलमा जयदेव उनादकटको बलमा छक्का प्रहार गरे । त्यसपछि उनादकटले लगातार दुई वाइड गरे त्यसपछिको बलमा आशुतोषले छक्का  हाने। त्यसपछिका लगातार २ बलमा उनले २–२ रनले लिए । फेरि अर्को बल उनादकटले वाईड फाले । बाँकी २ बलमा अब पञ्जाबलाई जितका लागि १० रन चाहिएको थियो । तर त्यसपछि आशुतोषले १ रन  लिए र अन्तिम बलमा शशांक सिंहले हाने, जति बेला खेल गुमिसकेको थियो । 

    पञ्जाबका लागि शशाङ्कले २५ बलमा सर्वाधिक ४६ रन हाने यस्तै आशुतोषले १५ बलमा ३३ रनको विष्फोटक इनिङ खेले । 
    स्याम करन र सिकन्दर राजाले क्रमसः २९ र २८ रन जोडेका थिए ।

    हैदराबादका लागि भुवनेश्वर कुमारले २ तथा प्याट कमिन्स, नटराजन, नितिश रेड्डी र जयदेव उनादकटले १-१ विकेट लिए ।

    त्यसअघि चण्डीगढमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८२ रन बनाएको थियो । हैदराबादका लागि युवा ब्याटर नितिश रेड्डीले ३७ बलमा ४ चौका र ५ छक्का सहित ६४ रन बनाएका थिए । यस्तै अब्दुल समादले २५ तथा ट्राभिस हेडले २१ रन जोड्नु बाहेक अन्य ब्याटरले उल्लेखनिय प्रदर्शन गरेका थिएनन् ।

    पञ्जावका लागि अर्शदीप सिंह एक्लैले ४ विकेट लिए भने स्याम करन र हर्षल पटेलले समान २-२ विकेट लिए । यस्तै कागिसो रबाडाले १ विकेट लिए ।

    जित पछि ५ खेलमा ३ जित सहित हैदराबाद पाँचौं स्थानमा छ भने ५ खेलमा २ खेल जितेको पञ्जाब छैठौं स्थानमा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार