सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

च्याम्पियन्स लिगमा आर्सनल र बायर्नले बराबरी खेले

च्याम्पियन्स लिगमा आर्सनल र बायर्नले बराबरी खेले

साझा पोष्ट
बुधबार, चैत २८ २०८०
  • images
    च्याम्पियन्स लिगमा आर्सनल र बायर्नले बराबरी खेले
    images

    काठमाडौं ।  च्याम्पियन्स लिग अन्तर्गत मंगलवार राति भएको क्वार्टरफाईनलको पहिलो लेगमा आर्सनल र बायर्न म्युनिखले बराबरी खेलेका छन् । आर्सनलको घरेलु मैदान इमिरेट्समा खेलमा दुवै टोलीले लाई २–२ को बराबरी खेलेका हुन् । दुवै टोलीले एक–एक पटक अग्रता लिएपनि जोगाउन सकेनन् । 
    बुकायो साकाले १२ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए, तर १८ औं मिनेटमा सर्जी ग्नाब्रीले बायर्नका लागि बराबरी गोल फर्काए ।
    यो बराबरीलाई ३२ औं मिनेटमा बायर्नले तोड्यो । पेनाल्टीबाट ह्यारी केनले बायर्नलाई अग्रता दिलाए । तर ७६ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले आर्सनलका लागि गोल गर्दै खेल बराबरी गरे। दोस्रो लेग अर्को साताको बुधबार बायर्नको मैदानमा हुनेछ ।

    images
    images

     

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार