सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

च्याम्पियन्स लिगमा रियल र सिटीको रोमाञ्चक बराबरी

च्याम्पियन्स लिगमा रियल र सिटीको रोमाञ्चक बराबरी

साझा पोष्ट
बुधबार, चैत २८ २०८०
  • images
    च्याम्पियन्स लिगमा रियल र सिटीको रोमाञ्चक बराबरी
    images

    काठमाडौं ।  च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा उपाधिका दुई दावेदार रियल म्याड्रिड र म्यानचेस्टर सिटीले रोमाञ्चक बराबरी खेलेका छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल ३–३ को बराबरीमा सकिएको हो ।

    images
    images

    खेलको दोस्रो मिनेटमा नै बर्नार्डो सिल्भाले इङलिस क्लब सिटीलाई अग्रता दिलाए । उनको फ्रिकिक गोलमा परिणत भएको थियो ।

    images
    images

    तर १२औं मिनेटमा स्पेनिश महारथी रियलले बराबरी गोल फर्कायो। तर यो पाहुना टोलीबाट उसले उपहार पायो । एडुवार्डो कामाभिंगाले बक्स बाहिरबाट गरेको प्रहार सिटी डिफेन्डर रुबेन डियासबाट डिफ्लेक्ट भएर सिधै सिटीको गोल पोष्टमा छिर्यो, जहाँ सिटी गोलरक्षक ओर्टेगाले कुनै मौका पाएनन् । 

    १४औं मिनेटमा रियलले अग्रता लियो । रोड्रीगोले वान अन वान अवसरमा गोल गर्दै रियललाई अग्रता दिलाए ।

    खेलको चौथो गोलको लागि दोस्रो हाफ कुर्नु परेको थियो । ६६औं मिनेटमा फिल फोडेनले पुनः बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै सिटीलाई खेलमा फर्काए ।

    त्यसको पाँच मिनेट पछि सिटीले उत्कृष्ट गोल गर्दै पुनः अग्रता लियो । डिफेन्डर जोस्को गवार्डीओलले उत्कृष्ट गोल गरे ।  

    तर सिटीको अग्रता फेरी पनि धेरै बेर टिक्न सकेन । ७९औं मिनेटमा फेडेरिको भालभर्डेले गोल गरेर खेल ३-३ को स्थितिमा ल्याए ।यस क्वाटरफाइनल टाईको दोस्रो लेग आठ दिन पछि सिटीको घरेलु मैदानमा हुनेछ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार